रामेछाप नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण

रामेछापको रामेछाप नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले ‘हाम्रो रामेछाप नगरपालिका ’नामक पाठ्यपुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । पाठ्यपुस्तक निर्माणका लागि नगरपालिकाले विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । पस्तकमा रामेछाप नगरपालिकाको […]

कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै रामेछापमा पनि भिडभाड गर्न रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै भिडभाड गर्न रोक लगाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौँलोचन सैजूको अध्यक्षतामा मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना भाइरस कोभिड १९ संक्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सभा,जुलुस,र्याली, भेला,जमघट,गोष्ठी,सेमिनार, बैठक तथा भिडभाड बढाउने व्यवसायीक कार्यहरु नगर्न तथा नगराउन आग्रह गरेको […]

कोरोना सङ्क्रमणको दर बढ्ने जोखिमलाई ध्यानमा राखी गृहले जारी ग¥यो सर्कुलर

नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । दैनिक सङ्क्रमित थपिने दर बढेसँगै सरकारले सर्कुलर जारी गरेको छ। पछिल्लो २ महिनादेखि नेपालमा नयाँ सङ्क्रमित थपिने दर एक सयभन्दा बढी रहेको र निको हुने दर १ सयभन्दा कम रहेको छ । हिजो मात्रै १ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको […]

भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम

नेपालमा लकडाउनको घोषणा भएको एक वर्ष पूरा भएको छ । एक वर्ष अघि आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना सङ्ेक्रमणको दर बढेसँगै सतर्कता अपनाउँदै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । । एक सय २० दिन लामो लकडाउन साउ ६ गते अन्त्य भएको सरकारले घोाणा गरेको थियो […]

रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत चैत ९ गते सोमबारसम्म जिल्लाका १५ हजार ८९१ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका […]

नेपालमा कोरोना सङ्क्रमित लगातार बढ्दै, भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

नेपालमा २ दिन यता कोरोना सङ्क्रमित लगातार बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् । पछिल्लो समय नेपालमा हरेक दिन १ सय […]

रामेछापमा टेलिकमको फाइबर टु द होम सेवा शुरु

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा रामेछापमा पनि सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । नेपाल टेलिकम रामेछापले सदरमुकाम मन्थलीमा आज एक कार्यक्रमको आयोजना गरी जिल्लामा फाइबर टु द होम सेवा सुरु गरेको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत […]

रामेछापबाट ३१ जना युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन

रामेछापबाट युबा संघ नेपालको केन्द्रिय कमिटीमा ३१ जना चयन भएका छन ।  यसअघि युवा संघको केन्द्रीय सदस्य रहेका रामेछापका कृष्णहरि केसीलाई केन्द्रीय उपाध्यक्षमा चयन गरिएको छ । त्यसैगरी निर्बाचन आयोग अध्यक्षमा तिर्थलाल श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा तिर्थलाल श्रेष्ठ, राकेश श्रेष्ठ ,संगम खडका ,कमल केसि,दिनेश राज कार्की सरोज श्रेष्ठ ,सुबास थापा, सन्जय श्रेष्ठ ,रामबाबु […]

समाजसेवी भरत चौलागाँइद्धारा विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम समाजसेवी भरत चौलागाँइले रामेछाप नगरपालिका ८ मा रहेको श्री मावि भंगेरीका शिक्षक र विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । चौलागाँइले विद्यालयलाई ४ वटा कम्युटर र विद्यार्थीहरुलाई सिकाउन एक महिना भित्र पन्चेबाजा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक […]

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाईने

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाइने भएको छ । रामेछाप जिल्लाका कलाकारहरुको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाउदै आगामी दिनमा धेरै भन्दा धेरै कलाकारहरुलाई जोड्दै जाने निर्णय गरिएको हो । शनिबार रामेछाप सदरमुकाम मन्थलीमा पालिकास्तरीय अन्तरकृया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो । जिल्लाको ८ वटै […]