रामेछाप टारका आगलागी पीडितलाई रामेछाप युके परिवारद्धारा चार लाख बढी सहयोग

रामेछापको रामेछाप नगरपालिका–९ टारका आगलागी पीडितलाई रामेछाप युके परिवारले चार लाख बढी रकम सहयोग गरेको छ । यहि चैत्र १ गते भएको आगलागीबाट घर जलेर नष्ट भएका १३ घर परिवारलाई ४ लाख २९ हजार २ सय ५५ रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो । आज(मंगलबार) रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,वडा नं ८ का वडाअध्यक्ष सन्तोष […]

वृहत रामेछाप महोत्सवको आम्दानी र खर्चको विवरण सार्वजनिक

यहि पौष २६ गते देखी रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ११ दिनसम्म चलेको वृहत रामेछाप महोत्वसको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ । महोत्सवको आयोजक समेत रहेको उद्योग वाणिज्य संघ रामेछापले शुक्रबार(आज) पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघका कोषाध्यक्ष झनक बहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको विवरण […]

रामेछाप सेवा समाज दोहा कतारद्वारा अग्नि पीडितलाइ आर्थिक सहयोग

यहि चैत्र १ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिका ९ टारमा भएको आगलागीबाट घरबार बिहिन भएका १३ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ । रामेछाप सेवा समाज दोहा कतारले सोमबार टार गाउँमै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो । १३ घर परिवारलाइ प्रति घर परिवार नगद तीन हजार पचास रुपैयाका दरले जम्मा ३९ हजार ६ […]

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप । रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन […]

लघुवित्त कर्मचारी मन्चद्धारा रामेछाप बजारमा सचेतनामूलक र्‍याली

विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा आज(शुक्रबार) सचेतनामूलक र्‍याली गरिएको छ । लघुवित्त कर्मचारी मन्च रामेछापले ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारा सहित र्‍याली गरेको हो । रामेछाप मानेँ डाँडादेखी सुरु भएको र्‍याली रामेछाप बजार परिक्रममा गरी रामेछाप नगरपालिकाको अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । […]

रामेछापका जुनार कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण

रामेछाप जुनारका लागि प्रसिद्ध जिल्ला हो । यहाँ जुनार खेती गदै आएका कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत सझेदारीमा विषादी वितरण गरिएको हो । रामेछाप नगरपालिकामा आज(बिहिबार) एक कार्यक्रमको आयोजना गरी कृषकलाई विषादी प्रयोग सम्बन्धी अभिमुखीकरण […]

रामेछापका बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो

रामेछाप जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो आएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले सोमवार मन्थलीमा आयोजना गरेको बैंक तथा इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा […]

रामेछाप नगरपालिकामा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा मेसिनद्वारा दुना टपरी बनाउने तालिम शुक्रबार(आज) बाट सुरु भएको छ । रामेछाप विजनेश एण्ड प्रोफेशनल वमेनको आयोजना र रामेछाप नगरपालिकाको समन्वयमा ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो । तलिम उद्धघाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वन जंगल,पाखापखेरामा खेर गैरहेका सालको पातलाई प्रयोगगरी महिलालाई स्वरोजगार बनाउने उद्धेश्यले […]

ट्राफिक प्रहरी रामेछापले ७ महिनाको अवधिमा उठायो ४५ लाख बढी राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ७ महिनाको अवधिमा ४५ लाख बढी राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट उक्त राजश्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाइका अनुसार ट्राफिक नियम विपरीत सञ्चालन भएका […]

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्दै

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्न थालेको छ । नेपालका रैथाने बालीमध्ये करिब ५० प्रतिशत बाली लोप भइसकेको छ । बाँकी ५० प्रतिशत बालीमा पनि अधिकांश सङ्कटमा परेको भन्दै सरकारले रैथाने बालीको प्रवद्र्धन र बजारीकरणमा जोड दिएको छ । तर रैथानेबालीको खेती गरिँदै आएका जिल्लाहरूमा यसको खेती क्रमशः घट्न थालेको छ । रामेछाप नगरपालिका […]