पुस्तौँदेखि चल्दै आएको रामेछापको बिहिबारे हाट, अझै उस्तै रौनक

रामेछाप बजारमा हरेक बिहीबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटका रूपमा परिचित छ। पुस्तौँदेखि चल्दै आएको यो हाट स्थानीय उत्पादनको बिक्री–वितरणसँगै ग्रामीण जीवनशैली, सामाजिक सम्बन्ध र स्थानीय व्यापारको महत्वपूर्ण केन्द्र बन्दै आएको छ। बिहीबार लाग्ने हाटमा जिल्लाका विभिन्न स्थानबाट किसान तथा व्यापारीहरू आफ्ना उत्पादन लिएर आउने गर्छन्। हाटमा स्थानीय कृषि उपज, खसी, बाख्रा, […]

गोकुलगंगाका नागरिकलाई राहत : पालिकाबाटै करसम्बन्धी सेवा

रामेछापको गोकुलगंगा गाउँपालिकाले करसम्बन्धी सेवा गाउँपालिकाको कार्यालयबाटै उपलब्ध गराउने भएको छ। सेवाग्राहीले करसम्बन्धी सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँपालिकाले पालिकाबाटै सेवा सञ्चालन गर्ने तयारी गरेको हो। यसका लागि गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच बुधबार करसम्बन्धी सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र आन्तरिक […]

रामेछाप नगरपालिकामा ३६ मेगावाटको जलविद्युत आयोजना बन्दै

रामेछापको लिखु खोलामा ३६ मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। उज्यालो इनर्जी सोलुसन प्रा.लि.ले प्रस्ताव गरेको उक्त आयोजना रामेछाप नगरपालिका र ओखलढुंगाको लिखु गाउँपालिका क्षेत्रलाई समेत समेटेर निर्माण गरिने भएको हो। प्रस्तावित आयोजना Peaking Run–of–River –ProR प्रकृतिको हुनेछ। आयोजनाले दैनिक करिब ३ घण्टा पिकिङ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको […]

रामेछाप नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम

रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका नौ वटै वडाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिबारे छुट्टाछुट्टै […]

एक वर्षमा लिखु तामाकोसी गाउँपालिकाको वित्तिय प्रगति ७३.७५ प्रतिशत

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले एक वर्षभरीमा ७३.७५ प्रतिशत बजेट खर्च गरेको छ । शुक्रबार गाउँपालिकाले गत आ.व. २०८२/८३ को तेस्रो चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाह बारे जानकारी गराएको हो । गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष जिसिले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन अनुसार […]

एक वर्षमा रामेछाप नगरपालिकाको वित्तिय प्रगति ६८.७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले एक वर्षभरीमा ६८.७ प्रतिशत बजेट खर्च गरेको छ । आईतबार नगरपालिकाले चालू आ.व. २०८२/८३ को तेस्रो चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाह बारे जानकारी गराएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत […]

विकासमा मन्थली नगरपालिकाको फड्को : अधिकांश योजना सम्पन्न

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक अवधिसम्म सम्पादन भएका कामको समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमा नगरपालिकाले हालसम्म भएका विकास निर्माण, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनका उपलब्धिहरू सार्वजनिक गरेको हो। प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले १ बर्षभरीको प्रगति विवरण प्रस्तुत गर्नुभयो । प्रस्तुत विवरणअनुसार नगरपालिकाबाट सञ्चालन भएका […]

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

रामेछापको  मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख १५ हजार रुपैयाँ बराबरको आय–व्यय अनुमान सार्वजनिक गरेको छ। “शिक्षित, स्वस्थ र व्यवसायिक शहर : उत्थानशील र समृद्ध मन्थली नगर” भन्ने मूल नाराका साथ सोमबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख इश्वरी बस्नेतले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटअनुसार कुल […]

रामेछापको सुकाजोरमा तितेपातीको धुप बनाउने तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका–७ मा तितेपातीबाट धुप उत्पादन गर्ने सम्बन्धी तीनदिने तालिम सुरु भएको छ। स्थानीय स्तरमा उपलब्ध जडीबुटी तथा वनस्पतिको उपयोग गर्दै आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले स्थानीय स्रोत र साधनको सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने […]

बेरुजु सुधारमा गोकुलगंगा अब्बल, खाँडादेवीमा सबैभन्दा बढी

रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक अनुशासन र बेरुजु सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । महालेखा परीक्षकको कार्यालय ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार गोकुलगंगा गाउँपालिकाले आफ्नो बेरुजु घटाएर १ प्रतिशतभन्दा कममा झारेको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३.७५ प्रतिशत रहेको बेरुजु गत आर्थिक वर्षमा घटेर ०.५३ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख […]