होली मनाउँदा सर्तकता अपनाउन र भिडभाड नगर्न सरकारको आग्रह

सरकारले होली पर्व मनाउँदा स्वास्थ्य सर्तकता अपनाउन र भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका साहायक प्रवक्ता समिर कुमार अधिकारीले घरमा नै बसेर परिवारका साथमा होली मनानउन आग्रह गर्नुभयो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले होली मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण […]

रंङहरुको पर्व फागु आज तराईमा मनाइँदै

रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी […]

फागु पूर्णिमा अर्थात् होली पर्व मनाईदै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव […]

औँठी सुनैको लोकगीत बजारमा (भिडियो सहित)

मोडल तथा सर्जक रमन पहाडीले लय भरेको औठी सुनैको बोलको गीत भरखरै बजारमा आएको छ । जसमा पछिल्लो समय चर्चित लोक गायक निकेश तामाङ र नव गायिका तुलसा तामाङ ले सुमधुर स्वर भरेका छन भने एरेन्ज यम थापाले गरेका छन् । गितको अडियो भने लेकालि स्टुडियोबाट मान ब. बरालले ले तयार पारेका छन । नेपालि […]

रामेछापको दोरम्वामा भिरबाट लडेर बृद्धको मृत्यु

रामेछाप जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–७ दोब्ला स्थित खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती भिरवाट लड्दा एक बृद्धको ज्यान गएको छ । भिरवाट लड्दा दोरम्वा गाउँपालिका वडा नं–७ का ७० बर्षिय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराती श्रेष्ठको निजी खरबारीमा आगलागी भएपछि आगो निभाउन गएका श्रेष्ठ भिरवाट करिव १ सय मिटर तल लडेका […]

रामेछापको सुनापतीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको सुनापती गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । हिजोदेखी सुरु भएको प्रतियोगिताको उद्धघाटन रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले गर्नुभयो । गाउँपालिकाभरीका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । गाउँपालिकाको केन्द्र हिलदेवीमा प्रतियोगिता जारी छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड लगायतका खेलहरु खेलाईने छ ।

रामपुरको माझी गाउँमा स्वीटर बनाउने सीप विकास तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको कोलोञ्जोरघाट माझी गाउँमा स्वीटर बनाउने (मेसिन होजियारी) सीप विकास तालिम सुरु भएको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन प्रालिको प्राविधिक सहयोगमा स्वीटर बनाउने (मेसिन होजियारी) सीप विकास तालिम शुक्रबार बाट सुरु भएको हो । तालिमको शुक्रबार उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले […]

रामेछापका जुनार कृषकलाई अनुदानमा प्रोटिन वेट वितरण

रामेछापका जुनार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्रोटिन वेट वितरण गरिएको छ । जुनारमा लाग्ने औँसा किरा नियान्त्रणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले प्रोटिन वेट नामक विषादी वितरण गरेको हो । परियोजनाले जुनार जोन क्षेत्र अन्तरर्गत रामेछाप र मन्थली नगरपालिकाका जुनार किसानलाई ५० प्रतिशत अनुदानमा बगैँचा व्यवस्थापन तथा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्तर्गत जुनार जोनमा […]

रामेछापको दोरम्बामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने

रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । सैलुङ्ग खेलकुद विकास समिति दोरम्बा गाउँपालिका–२ दोरम्बाको आयोजनामा दोरम्बा वडाका आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितमा प्रथम हुने टिमको लागि एक लाख ५० हजार, द्धितिय हुने टिमको लागि १ लाख र तृतिय हुने टिमको लागि पचास हजार रुपैयाँ नगद […]

दोस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा दोस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहि चैत्र २५ गते देखि २८ गते सम्म प्रतियोगिता सन्चालन हुने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगदको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान […]