रामेछाप नगरपालिकाको कार्यालयमा ‘स्तनपान कक्ष’ सञ्चालनमा

रामेछापको रामेछाप नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालनमा ल्याएको नगर उप्रमुख सृजना खड्काले जानकारी दिनुभयो । ‘सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । अब ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो […]

हालको वायु प्रदुषणका असर र बच्ने उपाएहरु

बन जङ्गल डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा ठुलो मात्रमा जम्ममा हुदा वायु प्रदूषण झन कडा बन्दै गएको छ । बिगत ४ दिन यता नेपाल सहित एसिएन मुलुकमा बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।वायु प्रदूषण उच्च रहेकाले देशभर आकाश खुलेको छैन। देश भित्र राखिएका वायु प्रदूषणको सूचक हरेक घण्टा […]

मेलम्चीको पानी काठमाडौंका धारामा आउन थालेपछि स्थानीय खुशी

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भनेको कुरा मानिसहरु सम्झिन्छन् । त्यतिबेलै मेलम्चीको पानी घरको धाराबाट आउने सपना देखेका काठमाडौंबासीको त्यो सपना पूरा हुन झण्डै ३० वर्ष लाग्यो । काठमाडौंका केही भागमा वितरण गरिएको मेलम्चीको पानी आफ्नो घरको धारामा आउन थालेपछि स्थानीय खुशी […]

अदालतलाइ सामान्य रुपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई मजाकका रुपमा नलिन नेताहरुलाई आग्रह गर्नुभएको छ । आज काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसला प्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताउनुभयो । आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत […]

चार नेतालाई स्पष्टिकरण सोधिनु बिधान बिपरित भएको एमाले नेपाल पक्षको ठहर

नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टीका चार नेतालाई स्पष्टिकरण सोधिनु बिधान बिपरित भएको ठहर गरेको छ । हिजो बसेको आफु पक्षिय नेताहरुको बैठकले अध्यक्ष केपी शर्मा ओलीको दुराशयको हिस्साका कारण मात्रै यो परिस्थिति उत्पन्न भएको ठहर गरेको छ । अध्यक्ष ओली वाह्य शक्तिसँग साँठगाँठका आधारमा देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काममा संलग्न रहेको निष्कर्ष […]

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

कोरोना भाइरस कोभिड १९ को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको चैत्र देखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । अघिल्लो वर्ष ५ लाख ४५ हजार १७ जनाले श्रम स्वीकृत लिएका थिए, […]

वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरको सुझाव

रामेछाप लगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले सुझाव दिएका छन । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका छन् । वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाक सम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने जिल्ला […]

रामेछाप सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि हट्दै जाने

रामेछाप सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने मौसमविद्ले बताएका छन् । भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तुवाँलो हट्न कि पानी पर्नुपर्ने कि तीव्र गतिमा हावा चल्नुपर्ने हुन्छ । भोलि हल्का पानी पर्ने सम्भावनासँगै हावाको गति पनि बढ्न सक्ने भएकाले यही हावाले तुवाँलो […]

देशभरका ५१ जिल्लाका २ सय ८३ स्थानमा डढेलो

सुख्खायामसँगै देशभरका विभिन्न जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । अहिले पनि देशभरका ५१ जिल्लाका २ सय ८३ स्थानमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । आज सबैभन्दा बढी पर्साका ३३, चितवनका २६ र सिन्धुलीका २० ठाउँमा डढेलो लागिरहेको विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माले जानकारी दिनुभयो । सुर्खेत, रौतहट, मकवानपुर, दाङ, बर्दिया […]

कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै

नोबेल कोरोना भाइरसविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्ने भएको छ । खोपलगायका स्वास्थ्य सामग्री लिनका लागि बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज अहिले बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको […]