रामेछाप गोकुलगंगा गाउँपालिका–२ को वडाअध्यक्षमा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाउनुभएको छ । यसअघि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा पनि कांग्रेसकै वडा अध्यक्ष विजयी भएका थिए ।

रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ । आज बसेको नेपाली काँग्रेस वडा समिती बैठकले राजेश तामाङलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । यसैगरी अन्य ४ जना सदस्यका उम्मेदबार खड्ग ब मगर,शर्मिला विक,गंगाराम तामाङ र सबिना मोत्तान  […]

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन भुमि आयोगको आह्वान

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन दिन आग्रह गरेको हो । प्रदेश १ का मोरङ, तेह्रथुम, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा र भोजपुर, मधेस प्रदेशका रौतहट, धनुषा, […]

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामेछाप नगरपालिकामा अन्तरकृया

आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रामेछाप नगरपालिकाले अन्तरकृया कार्यक्रम गरेर मनाएको छ । वातावरण संरक्षण परियोजनासँगको सहकार्यमा नगरपालिकाले अन्तरकृया कार्यक्रम गरेको हो । ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तरकृया कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका महिलाहरु सहभागी थिए । उक्त अन्तरकृया कार्यक्रममा नगरपालिकाका […]

रामेछापमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी:कुन स्थानिय तहमा कति जनसंख्या ?

तथ्यांक विभागले १२ औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांक अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ । विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक […]

बागमती प्रदेश सरकारले मल कारखाना खोल्ने

बागमति प्रदेश सरकारले मल कारखाना खोल्ने भएको छ । गृहजिल्ला नुवाकोटको विदुरमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री वद्री मैनालीले किसानहरूका लागि मल कारखाना खोल्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मल कारखाना नहुँदा किसानहरूलाई समस्या भोग्नु परिरहेकाले मल कारखाना खोल्ने योजना अघि सार्न लागिएको बताउनुभयो । राज्यमन्त्री मैनालीले मल कारखानाको स्थापनाले किसानको उन्नती हुने भएकाले […]

रामेछापमा मौसम सफा : केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज रामेछाप सहित देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ । वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एक÷दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी […]

आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर […]

नेपालमा कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै,२४ घण्टामा १३ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामा ५ सय ५९ जना […]

रामेछाप नगरपालिकाद्धारा वडामा अनलाईनमा घटना दर्ता शुरु

रामेछापको रामेछाप नगरपालिकाकाले वडामा अनलाईनमा घटना दर्ता शुरु गरेको छ । यसवर्ष बाट शुरु भएको अनलाईन घटना दर्ता वडा नम्बर ३ र ५ मा सुरु भईसकेको छ भने अब बाँकी वडाहरुमा क्रमश सुरु गर्दै जाने र त्यसका लागी पूर्वाधार विस्तार भैरहेको नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपक श्रेष्ठले बताउनुभयो । चालु वर्ष सबै वडामा सेवा विस्तार […]