गौरीशंकर माविको एसईई २०८२ मा नगरमै उत्कृष्ट नतिजा, रक्षा बस्नेत नगर प्रथम

रामेछापको रामेछाप नगरपालिका–स्थित गौरीशंकर माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै नगरपालिकाभरिमै आफूलाई उत्कृष्ट विद्यालयका रूपमा स्थापित गरेको छ । विद्यालयकी छात्रा रक्षा बस्नेतले ३.९६ जीपीए ल्याउँदै रामेछाप नगरपालिकाभरि प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी ज्योति लामाले ३.९१ जीपीए सहित नगर द्वितीय तथा सुजिना लामाले ३.७७ जीपीए सहित नगर […]

रामेछापको एसइई नतिजा उत्साहजनक,३६ जनाले ल्याए ४ जीपीए

रामेछापमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा उत्साहजनक देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका अधिकांश विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् भने प्राविधिक शिक्षातर्फ शतप्रतिशत नतिजा आएको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार जिल्लाका ८५ सामुदायिक र ३ […]

गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको अध्यक्षमा बद्रि नयाँघरे

रामेछाप जिल्लाकैे पहिलो शिक्षा क्याम्पस श्री गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको अध्यक्षमा बद्रि नयाँघरे चयन हुनुभएको छ । आज भएको क्याम्पस सभाबाट नयाँघरे सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । क्यापस संचालन समितिको सदस्यहरुमा भगवती खड्का कार्की,रुपा कार्की र सुनिल राय चयन हनुभयो । पूर्व जलश्रोत मन्त्री लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसको वार्षिक कार्यक्रम […]

मन्थली माविमा भर्ना शुल्क असुलीको गुनासो, रसिद नदिएको अभिभावकको आरोप

रामेछापको मन्थली नगरपालिका–१ स्थित मन्थली माध्यमिक विद्यालयले विद्यार्थी भर्नाका क्रममा शुल्क लिएको तथा शुल्क बुझाएपछि रसिदसमेत नदिएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् । सरकारले कुनै पनि बाहानामा विद्यार्थीसँग शुल्क लिन नमिल्ने भने पनि सो विद्यालयले अभिभावकहरुसँग सहयोग भन्दै शुल्क असुलिरहेको छ । अभिभावकका अनुसार विद्यालयले विभिन्न शीर्षकमा रकम माग गर्दै विद्यार्थी भर्ना गरेको भए पनि […]

निःशुल्क शिक्षाको नारामाथि प्रश्न:रामेछापको गौरीशंकर माविमा विद्यार्थीसँग चर्को शुल्क असुली

सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको भए पनि रामेछापको गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीबाट चर्को शुल्क लिइरहेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्। सरकारले कुनै पनि बाहानामा विद्यार्थीसँग शुल्क नमिल्ने भने पनि सो विद्यालयले अभिभावकहरुसँग सहयोग भन्दै शुल्क असुलिरहेको छ । अभिभावकहरूका अनुसार विद्यालयले विभिन्न बहानामा रकम असुल्दै आएको छ। आर्थिक […]

रामेछापमा २४ सय बढी विद्यार्थीले एसइई परीक्षा दिँदै

यहि चैत्र १९ गते देखि हुने एसइई परीक्षामा रामेछाप जिल्लाभरीबाट २ हजार ४ सय ६१ जना परीक्षार्थी सहभागी हुने भएका छन । १५५ जना प्राविधिक धारका र २०१ जना ग्रेड वृद्धि सहित २ हजार ४ सय ६१ जना विद्यार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ । यो वर्ष गतवर्षभन्दा ३ […]

रामेछाप नगरपालिकामा ईसिडी हार्मेनी परियोजनाको वार्षिक समिक्षा

रामेछापको रामेछाप नगरपालिकासँगको सहकार्यमा चाइल्ड एड नेटवर्क फाउन्डेसनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित ईसिडी हार्मोनी परियोजनाले एक वर्षभरी गरेको कामको समिक्षा गरिएको छ । शनिबार(आज) नगरपालिकाको सभाहलमा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । परियोजनाले एक वर्षभरी गरेका कामहरुको बारेमा परियोजना संयोजक मैयाँ बस्नेतले जानकारी गराउनुभयो । […]

मन्थली नगरपालिकामा ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम

रामेछापको मन्थली नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण  गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले नगर भित्रका ६८ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकामा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी दुई दिने अभिमुखीकरण गरेको हो । यो दुई दिने अभिमुखीकरण कार्यक्रमबाट आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको सहभागीहरुले बताएका छन् । अभिमुखीकरण […]

मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति  बनाउने

रामेछापको मन्थली नगरपालिकाले स्थानीय प्रारम्भिक बालविकास रणनीति बनाउने भएको छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी दुई दिने कार्यशालाको आयोजना गरी रणनीति बनाउने विषयमा छलफल गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलाय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारीअनुसार मन्थली नगरपालिकासँगको सहकार्यमा चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय […]

रामेछापका आधारभूत विद्यालयहरूमा विद्यार्थीको अभाव,विद्यालय टिकाउनै समस्या

आजभन्दा १०/१२ वर्ष अघिसम्म रामेछाप जिल्लामा रहेका आधारभूत विद्यालयहरुमा विद्यार्थीको चाप थियो । एउटा विद्यालयमा थोरैमा पनि २ देखी ३ सयको हाराहारीमा विद्यार्थीहरु अध्यन गर्थे । एउटै कक्षामा ३ वटासम्म सेक्सन बनाएर विद्यार्थी पढाएको सम्झनुहुन्छ रामेछाप नगरपालिका ७ मा रहेको आवि मुडेखोलाका प्रधानाध्यापक प्रेम कुमार श्रेष्ठ । रामेछापका मात्रै नभएर आवि मुडेखोलामा सिन्धुलीको वितिजोरदेखीका विद्यार्थीहरु […]