क्रसर उद्योगको मनोमानीले मासिँदै घाट

शुक्रबार बिहान रामेछाप नगरपालिका ७ का अमर बहादुर मगरको शव लिएर मलामीहरु मन्थली स्थित सुकाजोर खोलाको दोभानको घाट पुगे । केही महिना अघिसम्म ठिकठाक रहेको सो घाटमा क्रसर उद्योग संचालन भएपछि स्वरुप नै विग्रीएको थियो । घाटसम्म पुग्ने सडक थिएन,नदीको पानी पहिलाभन्दा धेरै माथि आएको थियो,ढुंगा,गिटी,बालुवा र रोडाहरु पिलिरहेको,थुपारिरहेको,डोजरले खनिरहेको र केही टिफरहरु ति सामाग्रीहरु […]

रामेछाप नगरपालिकामा संचालित विभिन्न योजनाहरुको अनुगमन

रामेछाप नगरपालिकामा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएर संचालनमा रहेका योजनाहरुको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले १० लाख भन्दा माथि लागतका विविध योजनाहरुको अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का,उपप्रमुख प्रेम सागर थापा,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाल,रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापा,जिससका शाखा अधिकृत जमुना […]

रामेछापमा नगण्य र अन्यायपूर्ण बजेट वितरणबाट हामी असन्तुष्ट छौँःकान्छाराम

निवर्तमान उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री एवं रामेछापबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) ले रामेछापमा संघिय तथा प्रदेश सरकारबाट नगण्य र अन्यायपूर्ण बजेट वितरण गरेकाले आफु असन्तुष्ट रहेको बताउनुभयो । बुधबार रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर कान्छारामले उप प्रधान मन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रतिनिधि सभामा व्यक्त गर्नुभएको गलत र […]

रामेछाप नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

रामेछापको रामेछाप नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । निवर्तमान उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) को प्रमुख आतिथ्यतामा नगरपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी कान्छारामले सबै मिलेर घोषणा गरे जसरी निरन्तरता दिन पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले यसका लागी आफु सधैं प्रतिवद्ध […]

रामपुरलाई फलफूलको हब बनाउन किसानलाई बिरुवा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरलाई फलफूलको हब बनाउन किसानलाई बिरुवा वितरण गरिएको छ । विगत तिन वर्षदेखी वडा कार्यालयले बजेट नै विनियोजन गरेर फलफूलको बिरुवा खरिद गरेर किसानलाई वितरण गर्दै आएको हो । वडाको लेक र बेसीका भूभागहरुमा उत्पादन हुने फलफूलको बिरुवाहरु वितरण गर्दै आएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । रामपुरलाई फलफूलको हब […]

सुन्दर सुनापतिलाई अझ सुन्दर बनाउन एक हजार बढी बिरुवाहरु रोपियो

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न एक हजार बढी बिरुवाहरु रोपिएको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा परिचित लामा टोलदेखि सुनापति डाँडाको शिवमूर्ति वरिपरी हुँदै १०८ वटा लहरे माने सम्म पुग्ने सडक छेउछाउ करिब एक हजार बढी बिरुवाहरू रोपिएको गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले बताउनुभयो । […]

असार दोस्रो सातासम्म रामेछापमा २२ प्रतिशत धान रोपाइँ

यो वर्ष रामेछाप जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १२ गतेसम्म जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय रामेछापका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सिँचाई हुने र पर्याप्त पानी भएको क्षेत्रमा यो वर्ष राम्रोसँग रोपाइँ भएको छ । रामेछाप जिल्लाभर […]

सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न भएको छ । तालिममा वडा नं ७ र ८ का ३५ भन्दा बढी नागरीकहरु सहभागी थिए । रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको समन्वयमा बाग्मती प्रदेश सरकारले विनियोजन गरेको ७ लाख बजेटबाट तालिम संचालन गरिएको […]

पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको ओखलढुंगामा मृत्यु

पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको ओखलढुंगामा मृत्यु भएको छ । शुक्रबार दिउँसो ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–२ सतलुङमा स्थित सिंचाई पोखरीमा डबेर ११ बर्षिय बालक हिमाल बसेलको मृत्यु भएको हो । रामेछापको रामेछाप नगरपालिका–२ देउराली घर भएका हिमाल बिगत ७ बर्ष देखि मावली घर लिखु गाँउपालिका–२ सतलुङमा हजुरबुवा टेक बहादुर मिजारको घरमा बस्दै आएका थिए […]

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस मनाइयो

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा रामेछाप अस्पताल परिशरमा विभिन्न प्रजातीका वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय रामेछाप र र भू तथा जलधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण दिवस मनाइएको हो । अस्पताल परिशरमा विभिन्न प्रजातीका एक सय भन्दा बढी विरुवा रोपिएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर […]