रामेछापमा सेवाग्राहीको घरघरमै पुगेर राहदानी वितरण गर्ने कार्य सुरु

रामेछापमा सेवाग्राहीको घरघरमै पुगेर राहदानी वितरण गर्ने कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको समन्वयमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलो चरणमा सेवाग्राहीको घरमै पुगेर राहदानी हस्तान्तरण गर्न थालिएको हो । अभियानको सुरुवात सोमबार मन्थली र मंगलबार रामेछाप नगरपालिका–७ सुकाजोरबाट गरिएको जिल्ला हुलाक कार्यालय रामेछापका सूचना अधिकारी कुमार लुईटेलले जानकारी दिनुभयो […]

मन्थली नगरपालिकाद्वारा सार्वजनिक जग्गा अतिक्रमण हटाउन चेतावनी

रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। नगरपालिकाले शुक्रबार एक जरुरी सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सार्वजनिक सरकारी जग्गा खाली गर्न निर्देशन दिएको हो। नगरपालिकाका अनुसार नेपाल सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्राप्त निर्देशनअनुसार मन्थली नगरपालिकाका वडा नं. १ देखि १४ सम्मका […]

सुनापतिमा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध कडाइ, ३५ दिनभित्र खाली गर्न चेतावनी

रामेछापको सुनापति गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास तथा संरचना निर्माण गरेका व्यक्ति र संस्थालाई ३५ दिनभित्र अतिक्रमण हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछापको पत्राचारका आधारमा सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो सूचना जारी गरिएको जनाएको छ। सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र अतिक्रमण भएका सरकारी […]

रामेछापमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र, स्थानीय तहलाई प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न स्थानीय तहहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले ८ वटै पालिकाहरुलाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको हो। गृह मन्त्रालय, आन्तरिक प्रशासन तथा सवारी तथा सभा समारोह व्यवस्थापन शाखाबाट प्राप्त निर्देशनअनुसार जिल्लाभित्र […]

गोकुलगंगामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

रामेछापको गोकुलगंगा गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका व्यक्तिहरूलाई ३५ दिनभित्र अतिक्रमण हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मन्थली,रामेछापको पत्राचारका आधारमा सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो सूचना जारी गरिएको जनाएको छ। सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान […]

रामेछाप नगरपालिकामा कृषि मेला हुँदै

रामेछाप नगरपालिकामा कृषि मेला हुने भएको छ । नगरपालिकाले स्थानीय कृषक, उद्यमी तथा संस्थालाई लक्षित गर्दै कृषि मेला प्रदर्शनी–२०८२ मा सहभागिताका लागि सूचना जारी गरेको हो । यहि माघ २१ गते हुने मेलामा नगरका ९ वटै वडामा उत्पादन भएको कृषि तथा पशुपन्छीजन्य वस्तु प्रदर्शन गर्न आह्वान गरिएको छ । रामेछाप नगरपालिका ८ को बिहिबारे हाट […]

रामेछापमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रामेछाप जिल्ला प्रशासन कार्यालयले इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय, रामेछापले जारी गरेको सूचनाअनुसार जिल्लाभित्र विभिन्न व्यक्तिहरूको नाममा दर्ता भई इजाजतपत्र प्राप्त हातहतियार तथा त्यसको खरखजाना जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बुझाउनुपर्नेछ। सूचनामा उल्लेख भएअनुसार इजाजतपत्र […]

फागुन २१ को निर्वाचन : रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार उक्त कार्यालय जिल्ला अदालत परिसरमा बुधवारदेखि सञ्चालनमा आएको हो। निर्वाचनको सम्पूर्ण प्रक्रिया यसै कार्यालयमार्फत सञ्चालन हुनेछ। उम्मेदवार मनोनयन, आचारसंहिता कार्यान्वयन, मतदान तथा मतगणना, मतपरिणाम प्रकाशनदेखि अन्य प्रशासनिक समन्वयसमेत कार्यालयले गर्नेछ। निर्वाचन व्यवस्थापनका संवेदनशील कामहरू […]

मागभन्दा आधा मात्रै आवेदन, रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद थप

रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि तोकिएको समय थप गरिएको छ। मागअनुसार आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले सूचना जारी गर्दै भर्नाको म्याद दुई दिन थपेको हो। पहिले बिहिबारसम्मको म्याद तोकिएको भर्नामा मागको करिब आधा मात्रै आवेदन परेपछि समय शनिबार (माघ ३) सम्म थपिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला प्रसाद भट्टले जानकारी दिनुभयो । आगामी प्रतिनिधिसभा […]

रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लामा मतदाता संख्या उल्लेख्य रूपमा बढेको छ। अघिल्लो निर्वाचनको तुलनामा ७ हजार ८४६ जना नयाँ मतदाता थपिनु केवल संख्यात्मक वृद्धि मात्र होइन, लोकतान्त्रिक प्रक्रियामा नयाँ पुस्ताको बढ्दो चासो र सहभागिताको संकेत पनि हो। २ नगरपालिका र ६ गाउँपालिका समेटिएको रामेछाप जिल्लामा ६४ वडा रहेका छन्। […]