रामेछाप नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । यहि चैत्र २ गतेबाट कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा संचालन हुने नगरपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ । नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको सुचनामा बिहान १० बजेदेखी परीक्षा संचालन हुने बताइएको छ […]

रामेछापका ११ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

दादुरा–रुबेला विरुद्धको खोप अभियानमा रामेछापका ११ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ । जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका ११ हजार ६ सय ८९ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको रामेछाप नगरपालिका र लिखु तामोकोशी गाउँपालिकाको सबै वडामाहरुमा फागुन १३ गतेदेखी १५ गतेसम्म खोप अभियान संचालन […]

रामेछाप नगरपालिकाभर आइतबार शोक बिदा

रामेछापको रामेछाप नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । नगरपालिका प्रमुखको स्वकीय सचिव पदमा कार्यरत लक्ष्मण श्रेष्ठको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो । श्रेष्ठको शनिबार(आज) भएको असामयिक निधनले सिँगो नगरपालिका परिवार अत्यन्त मर्माहत भएको भन्दै नगरपालिकाले हार्दिक समवेदना पनि व्यत्त गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले एक सूचना जारी गर्दै […]

रामेछाप नगरपालिकाले प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रम गरी मनाउने

रामेछापको रामेछाप नगरपालिकाले प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकामा शुक्रबार (आज) नगर प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो । यहि फागुन ७ गते पर्ने प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु हुने नगरपालिकाले जनाएको छ । फागुन ६,७ र ८ गते दिवसको अवसरमा नगरपालिकाको कार्यालय तथा […]

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आइतबार स्थानीय बिदा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले ल्होछारको अवसरमा शनिबार पनि स्थानीय बिदाको घोषणा गरेको छ । तामाङहरूको महान चाड सोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भोला पाठकले प्रकाशन गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार शनिबार र आईतबार गाउँपालिकाको कार्यालय,वडा कार्यालय तथा शैक्षिक […]

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकामा २ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले तामाङ समुदायको महान् वर्ष सोनाम ल्होसार पर्व मनाउन भन्दै २ दिन बिदा दिएको हो । शनिवार तामाङ समुदायको ल्होसार पर्व परेकाले शनिवार बाहेक थप दुई दिन आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिएको पालिकाले एक सूचना प्रकाशित गरि जानकारी दिएको हो […]

बागमती प्रदेश लोक सेवा आयोगद्धारा १ हजार ११३ जनाका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ कर्मचारी छनोटका लागि बिज्ञापन खुला गरेको छ । आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ पाँचौँ तहका खुला तथा समावेशीतर्फका लागि सोमबार (आज) बिज्ञापन खुलाएको हो । आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार १ सय […]

रामेछाप नगरपालिकाको १४ औं नगर सभामा भएका निर्णयहरु सार्वजनिक

रामेछाप नगरपालिकाले १४ औँ हिउँदे नगर सभा बुधवार सम्पन्न गरेको छ । नगरपालिकाले बिहिवार (आज) कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको छ । रामेछाप नगरपालिकाका प्रबत्ता समीर कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै नगर सभामा भएका निर्णयहरु सार्वजनिक गर्नुभयो । प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ – समग्रमा रामेछाप नगरपालिकाको चालु आ.व २०८०/८१ […]

नेपाली सेनाद्वारा ३ हजार ४ सयभन्दा बढी कर्मचारी माग

नेपाली सेनाको विभिन्न पदमा जागिर खुलेको छ । सूचना प्रकाशन गर्दै सेनाले सैन्य पदमा ३ हजार जना तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४ सय १३ जना कर्मचारी मागेको हो । विभिन्न ब्यारेकमा आवश्यक रहेका पदमा पदपुर्तिका लागि दर्खास्त आह्वान गरिएकाले इच्छुक र योग्यता पुगेका व्यक्तिले पुस ७ गतेसम्म आवेदन दिन सक्ने […]

रामेछापमा देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

यो वर्षको तिहारको समयमा रामेछापमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले देउसी, भैलोलगायत सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेपछि सञ्चालन नगर्न भन्दै अनिवार्य रुपमा बन्द गर्न आग्रह गरेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एक विज्ञप्ति जारी गर्दै चाडपर्वको […]