सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी छ । पानीको निकै समस्या रहेको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा यहाँका नागरीकहरुलाई पानी संकलन गर्न सहयोग पुर्याउने उद्धेश्यले केहि वर्ष अघिदेखी एक घर एक ट्याङ्की वितरण अभियान सन्चालन भईरहेको छ । आकाशे पानी संकलन गरी विभिन्न काममा प्रयोग गर्न […]

रामेछाप गोकुलगंगामा एमालेको पार्टी कार्यालय उद्धघाटन

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी कार्यालय उद्धघाटन गरिएको छ । गोकुलगंगा गाउँपालिकामा आजबाट पार्टी कार्यालय सन्चालनमा आएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारको अध्यक्षतामा गाउँपालिकाको केन्द्र रहेकै स्थान रस्नालु भिमसेनथानमा पार्टी कार्यालय सन्चालनमा आएको अनेरास्ववियुका केन्द्रिय सदस्य सागरहरी अधिकारीले […]

डेढ महिनाको अवधिमा चौथोंपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले डेढ महिनाको अवधिमा चौथों पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसअघि माघको मध्यदेखि फागुनसम्ममा सरकारले तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल तथा डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८ र डिजेलको १ सय १ […]

रामेछापमा ५४ जनाको स्वाब परीक्षण गरिएकोमा १ जनालाई कोरोना पोजेटिभ

रामेछाप जिल्लामा ५४ जनाको कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यहि चैत्र १ गते पिसिआर परीक्षणका लागी पठाइएको ५४ जनाको स्वाबमध्ये १ जनामा कोरोना संक्रमण देखिएको छ भने अरु बाँकी ५३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना […]

मापदण्ड विपरित भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

सरकारले अबदेखि तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याइने बताएको छ।सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आएकोले विभागले जनाएको छ। विभागले […]

रामेछापमा फेरी कोरोना परीक्षण,आज थप ५४ जनाको स्वाब सङ्कलन

रामेछाप जिल्लामा फेरी कोरोना भाईरस कोविड १९ परीक्षण सुरु भएको छ । जिल्लामा खोप अभियान सुरु भएदेखी बन्द रहेको पिसिआर परीक्षण पुन सुरु गरिएको हो । जिल्लामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु देखिने वितिकै कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा आज एकैदिन ५४ जनाको कोरोना भाइरस कोभिड […]

रामेछापको गाल्पा, दोरम्बा र टोकरपुर सडक कालोपत्रे हुँदै

रामेछापको दोरम्बा गाउँपालिकाको मुख्य सडक गाल्वा–दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्मको १४ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गाउँपालिकाले प्राथमिकताको साथ स्तरउन्नती गर्दै आएको उक्त सडक यस बर्षदेखि कालोपत्रेको काम अगाडि बढने भएको हो । संघीय सरकार, बागमती प्रदेश सरकार, दोरम्बा गाउँपालिकाको सहकार्यमा गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे गर्ने सम्झौता भएको छ । आइतवार बागमती […]

सेलेघाट–साँघुटार सडक कालोपत्रे गर्ने क्रममा निमार्ण ब्यवसायीले लापर्वाही गरेको स्थानीयको आरोप

रामेछाप जिल्लाको सेलेघाट – साँघुटार सडकको कालोपत्रेको काम गर्न थालेको निर्माण ब्यवसायीको मनोमानीले स्थानियहरु लाई समस्या परेको भन्दै सरोकरवालाहरुले पत्रकार सम्मेलन गरेका छन् । सडक कालोपेत्रेका नाममा कम्पनिले एकै पटक सडक चौडा पार्दै गर्दा स्थानिय हरुलाई बेवास्ता गर्दे सडक आसपासका संरचनामा ब्यापक क्षति पुुर्याएको भन्दै आईतबार स्थानियहरुले पत्रकार सम्मेलन गरेका हुन् । निर्माण कम्पनिले आफु […]

रामेछापमा डोरी तान प्रतियोगिता सम्पन्न,मन्थली नगरपालिकाले जित्यो उपाधि

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा जिल्लामा पहिलो पटक सन्चालन भएको (टग अफ वार) डोरीतान प्रतियोगितामा शनिबार सम्पन्न भएको छ । सो प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । जिल्लाका ८ स्थानीय तहबाट ८ टिम सहभागि भएकोे प्रतियोगितामा खाँडादेवीलाई पछि पार्दै मन्थली नगरपालिकाले उपाधि जितेको हो । डोरीतान प्रतियोगितामा खाँडादेवी गाउँपालिका उपबिजेता भएको छ । […]

गाउँ–गाउँमा उद्यमी उत्पादन गर्दै रामेछाप नगरपालिका

रामेछाप नगरपालिकाले गाउँ–गाउँमा उद्यमी उत्पादन गर्न सुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ८० जनालाई गाउँमै लघु उद्यम संचान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु दिन लागेको हो । रामेछाप नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ८० जना नयाँ उद्यमी उत्पादन गर्ने र ४० जना पुराना […]