छोराछोरीलाई पैसा (सम्पति) होइन असल संस्कार दिऔं
पैसा (सम्पति) शब्द ल्याटिन शब्द मोनेटाबाट व्युत्पन्न भएको हो जसको अर्थ “सिक्का” मार्फत फ्रान्सेली मोनाई हो। ल्याटिन शब्द रोमको सात पहाडहरू मध्ये एक क्यापिटोलिनमा रहेको जुनोको मन्दिरबाट आएको मानिन्छ । पुरातन संसारमा, जुनो अक्सर पैसा संग सम्बन्धित थियो । रोममा जुनो मोनेटाको मन्दिर प्राचीन रोमको टकसाल अवस्थित थियो। “जुनो” नाम Etruscan देवी Uni र “Moneta” ल्याटिन शब्द “monere” (सम्झना, चेतावनी वा निर्देशन) वा ग्रीक शब्द “Moneres” बाट आएको विभिन्न अध्ययनहरुले बताउँदै आएका छन् । सम्पत्ति (पैसा) एक्काइसौं शताब्दीमा मानव जीवनका लागि जल, तेज, पृथ्वी, वायु र आकाश पछिको छैटौं इन्द्रियको रुपमा लिने गरेको पाइन्छ । ऐले सम्पति यानिकी पैसा विना जीवन नै अधुरो र अन्धकार हुन्छ भनेर हामीले श्रवण गर्दै आएका छौं । पाँच इन्द्रियलाई चलाउने नै सम्पत्ति हो भनेर भनिन्छ । धनकी देवी लक्ष्मी […]