रामेछाप अस्पतालमा आई पुग्यो एन्टी रेबिज भ्याक्सिन

रामेछाप अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई […]

न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल रामेछाप देशभरमै तेस्रो हुन सफल

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो । जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक पाएर पहिलो,चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अंक पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अंक पाएर तेस्रो हुन […]

१ दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आज(आईतबार) एक दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ४३ जनाले सेवा लिएका छन । शहीद गंगालाल फाउन्डेशन नेपालको आयोजना,शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर संचालन भएको हो । शिविरमा एक सय जनाले मुटुको भिडियो एक्सरे,१ सय […]

नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका एक सय बढी बिरामीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा एक सय बढीले सेवा लिएका छन । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका सूचना अधिकारी रविन्द्र चौधरीले जानकारी दिनुभयो । शिविरमा नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा प्रत्येक महिनाको अन्तिम बुधबार बिशेषज्ञ डाक्टरसँग […]

रामेछापको ओख्रेनी र रामपुरमा भएको महिला प्रजनन स्वास्थ्य शिविरमा २९० जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर र वडा नं ६ ओख्रेनीमा महिला प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । रामेछाप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा २ सय ९० जनाले सेवा लिएका हुन । यहि १९ गते शनिबार रामपुर स्वास्थ्य चौकी र २० गते आइतबार ओख्रेनी स्वास्थ्य चौकीमा निशुल्क महिला प्रजनन स्वास्थ्य शिविर संचालन […]

रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा दादुरा–रुबेलाको खोप अभियान सुरु

रामेछाप जिल्लाको २ वटा स्थानियतहमा आज(आईतबार) देखी दादुरा–रुबेला विरुद्धको खोप अभियानमा सुरु भएको छ । रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाका सबै वडाहरुमा खोप अभियान सुरु भएको हो । आज(आईतबार) देखी फागुन १५ गतेसम्म ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पताल रामेछापमा रहेको खोप […]

रामेछाप नगरपालिकाका १८ सय बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

रामेछापको रामेछाप नगरपालिकाका १८ सय बढी बालबालिकलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । रामेछाप नगरपालिकाको ९ वटै वडाहरुका १८ सय २० जना बालबालिकालाई खोप लगाइने छ । रामेछाप नगरपालिकामा आज(शनिबार) भएको पालिका स्तरीय खोप समन्वय समिति एवं सरोकारवालाहरुको लागी बैठक तथा अभिमुखिकरण कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको […]

रामेछापका ११ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

दादुरा–रुबेला विरुद्धको खोप अभियानमा रामेछापका ११ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ । जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका ११ हजार ६ सय ८९ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको रामेछाप नगरपालिका र लिखु तामोकोशी गाउँपालिकाको सबै वडामाहरुमा फागुन १३ गतेदेखी १५ गतेसम्म खोप अभियान संचालन […]

रामेछापको भुजिमा भएको स्वास्थ्य शिबिरमा ५ सय जनाले लिए सेवा

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीसँगको समन्वयमा अनेरास्ववियु स्वास्थ्य विभाग र स्ववियु महाराजगन्ज क्याम्पसले मङ्गलवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५० विद्यार्थी सहित ५०० जनाले जनरल सेवा लिएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले बताउनुभयो । शिविरमा क्षयरोगको परीक्षण, आँखा परीक्षण र स्त्री रोगको परीक्षण गरी निःशुल्क औषधि […]

जिल्ला अस्पताल रामेछापको शैया भरियो बिरामीले

केही दिनदेखी जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ । ४ दिनदेखी अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ड डाक्टर केशव श्रेष्ठले बताए । “१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”,उनले भने । बिरामीहरु थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताए । […]