पुस्तौँदेखि चल्दै आएको रामेछापको बिहिबारे हाट, अझै उस्तै रौनक

रामेछाप बजारमा हरेक बिहीबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटका रूपमा परिचित छ। पुस्तौँदेखि चल्दै आएको यो हाट स्थानीय उत्पादनको बिक्री–वितरणसँगै ग्रामीण जीवनशैली, सामाजिक सम्बन्ध र स्थानीय व्यापारको महत्वपूर्ण केन्द्र बन्दै आएको छ। बिहीबार लाग्ने हाटमा जिल्लाका विभिन्न स्थानबाट किसान तथा व्यापारीहरू आफ्ना उत्पादन लिएर आउने गर्छन्। हाटमा स्थानीय कृषि उपज, खसी, बाख्रा, […]

गाउँमै गाडी पुग्न थालेपछि रामेछापका किसानको उत्पादनले पायो बजार

रामेछापका ग्रामीण तथा विकट गाउँबस्तीमा सडक सञ्जाल विस्तार भएसँगै स्थानीय कृषि उपजले गाउँमै बजार पाउन थालेको छ । सडक पुगेपछि किसानले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रीका लागि टाढाको बजार धाउनुपर्ने बाध्यता घट्दै गएको हो । गाउँघरमै गाडी पुग्न थालेपछि व्यापारी तथा व्यवसायीले किसानका उत्पादन गाउँमै पुगेर खरिद गर्न थालेका छन् । काँक्रा, फर्सी, साग, […]

रामेछापको बिर्तामा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ बिर्तामा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम संचालन गरिएको हो । आईतबार देखी सुरु भएको तालिम ७ दिनसम्म चल्नेछ । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन […]

रामेछापको वादीमा बेमौसमी तरकारी खेती सीप विकास तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ वादीमा बेमौसमी तरकारी खेती सीप विकास तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम संचालन गरिएको हो । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । तालिममा १२ जना हायु समुदायका महिला,पुरुषहरुको […]

रामेछापको वादीमा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ वादीमा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम संचालन गरिएको हो । मंगलबारदेखी सुरु भएको तालिम १० दिनसम्म चल्नेछ । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको […]

रामेछाप नगरपालिकामा कृषि मेला हुँदै

रामेछाप नगरपालिकामा कृषि मेला हुने भएको छ । नगरपालिकाले स्थानीय कृषक, उद्यमी तथा संस्थालाई लक्षित गर्दै कृषि मेला प्रदर्शनी–२०८२ मा सहभागिताका लागि सूचना जारी गरेको हो । यहि माघ २१ गते हुने मेलामा नगरका ९ वटै वडामा उत्पादन भएको कृषि तथा पशुपन्छीजन्य वस्तु प्रदर्शन गर्न आह्वान गरिएको छ । रामेछाप नगरपालिका ८ को बिहिबारे हाट […]

मन्थलीमा पुस २६ र २७ गते कृषि तथा लघु उद्यम प्रदर्शनी मेला

रामेछापको मन्थली नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण तथा कृषकको व्यावसायिकता प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २६ र २७ गते नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ। नगरपालिकाले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। मेला मन्थली नगरपालिका–१ स्थित हाटे चौर (सोमबारे हाट परिसर) मा दुई […]

रामेछापका जुनार बगैँचा जुनार पाकेर पहेंलपुर

रामेछापका जुनार बगैँचाहरु यतिबेला जुनार पाकेर पहेंलपुर बनेका छन । यहाँका बस्तीहरूका जुनार बगैँचामा अहिले सुनौलो रौनक छाएको छ। हिउँदको सुरुवातसँगै गाउँ–गाउँका बगैँचामा जुनार पाकेर पहेंलपुर बनेपछि कृषकहरू जुनार टिपेर बजार पठाउनमा व्यस्त हुन थालेका छन्। वर्षैभरि मेहनत गरी हुर्काएको फल पाकेर झुलुक्क झुलेको देखिन्छ, जसले कृषकहरूको अनुहारमा खुशी थपिदिएको छ। रामेछापको सुकाजोर,गाईटार,ओख्रेनी,भालुखोप,हिमगंगा,फूलासी लगायत क्षेत्रका […]

जंगलमा खेर गयो अमला,किन बजार पाएन ?

रामेछाप जिल्लाका विभिन्न सामुदायिक तथा निजी वन क्षेत्रमा पाइने अमला फल बोटमै कुहिएर खेर जाने गरेको छ। स्वास्थ्यका दृष्टिले अत्यन्तै उपयोगी मानिने अमला काठमाण्डौँ सहितको मुख्य शहर तथा बजारमा विक्रि हुने गरेको भएपनि जंगलमा भने फलेर खेर गइरहेको छ । स्थानीयवासीका अनुसार जंगलमा प्रशस्त अमला फले पनि संग्रह र संरक्षणको उचित व्यवस्था नहुँदा धेरै मात्रा […]

यो वर्ष गाउँघरमा फूल नफुल्दा तिहार खल्लो

तिहार नजिकिँदै गर्दा बजारमा र गाउँघरमा तयारी त तीव्र भइरहेको छ, तर यस वर्ष फूल फुल्न ढिलो भएकाले धेरैको तिहार खल्लो बन्ने चिन्ता बढेको छ। विशेषगरी मखमली, सयपत्री र गोदावरी फूलहरू पर्याप्त मात्रामा नफुल्दा घर सजावट र मालामा प्रयोग हुने फूलको अभाव हुने देखिएको हो। तिहारमा फूल फुलेर ढकमक्क हुने गाउँघरमा यो वर्ष कतैकतै मात्र […]