रामेछापको लिखु तामाकोशीका किसानलाई अनुदानमा मकैको बिउ वितरण

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको हो । पालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । किसानहरूको माग भए अनुसारको मकैको बिउ वितरण गर्न […]

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्दै

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्न थालेको छ । नेपालका रैथाने बालीमध्ये करिब ५० प्रतिशत बाली लोप भइसकेको छ । बाँकी ५० प्रतिशत बालीमा पनि अधिकांश सङ्कटमा परेको भन्दै सरकारले रैथाने बालीको प्रवद्र्धन र बजारीकरणमा जोड दिएको छ । तर रैथानेबालीको खेती गरिँदै आएका जिल्लाहरूमा यसको खेती क्रमशः घट्न थालेको छ । रामेछाप नगरपालिका […]

रामेछापको फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन

रामेछापको मन्थली नगरपालिकाले वडा नं १३ फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार कृषि तथा पशुको सेवा शिविरमार्फत घरदैलोमा प्रदान गरेको हो । नगरपालिकाले कृषि तर्फ माटो परीक्षण,विउविजन वितरण,कृषकहरुलाई रोग किरा नियन्त्रण सम्बन्धि प्राविधिक परामर्श दिएको छ । फुलासीका १ सय ४७ जना किसानले कृषि सम्बन्धि सेवा […]

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको मन्थली नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले नगरको प्रथम चौमासिक अबद्यिसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो । उहाँले यहि साउनदेखी हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरु,आर्थिक […]

५५ हजार बढीले अवलोकन गरे बृहत रामेछाप महोत्सव

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा आयाेजना गरेकाे बृहत रामेछाप महाेत्सव ५५ हजार बढी दर्शकले अवलोकन गरेका छ्न । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा मगरले भव्य रुपमा महोत्सव सम्पन्न भएको ईरामेछापलाइ जानकारी दिनुभयो । महोत्सवको आम्दानीबारे केही समयपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने उहाँले बताउनुभयो । अध्यक्ष थापामगरकाे अध्यक्षता र संघिय सांसद पूर्ण […]

वृहत् रामेछाप महोत्सव सुरु,मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

रामेछाप सदरमुकाम मन्थलीमा बिहिबारदेखी ११ दिने वृहत् रामेछाप महोत्सव २०८० सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाग्मती प्रदेश सरकारले कृषिमा आधारित उद्यमशीलता विकासको लागि प्रदेशभित्रका ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले अब प्रदेशले कृषि […]

रामेछापमा जुनार उत्पादन बढ्यो तर बजारको समस्या

रामेछापमा यस वर्ष जुनार उत्पादन बढेको छ । रामेछाप जुनारका लागि प्रसिद्ध जिल्ला हो । यस वर्ष रामेछापबाट २० करोड रुपैयाँको जुनारको कारोबार हुने अनुमान गरिएको छ । ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगङ्गालगायत ठाउँका किसानका बगैँचा जुनारले पँहेलपुर बनेका छन् । जुनार किन्न र बगैँचा घुम्न आउने बढेका छन् । पोहोर परार जुनारमा रोग किरा […]

किवी खेतीका लागि प्रस्ताव गर्न रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आह्वान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको हो । वडा नं १ मा सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक […]

वृहत् रामेछाप महोत्सवको तयारी तिव्र,५० हजार दर्शकले अवलोकन गर्ने अनुमान

रामेछाप सदरमुकाम मन्थलीमा हुने ११ दिने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तिव्र रुपमा भैरहेको छ । महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार(आज) मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले बताउनुभयो । उहाँको अनुसार पौष […]

रामेछापमा २० करोड भन्दामाथिको जुनार कारोबार हुने अनुमान

पछिल्लो केही वर्ष देखि रामेछापमा अमिलो जातका फलफूल उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत प्राविधिक तथा अन्य सहयोग पाए पश्चात् उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले रामेछाप नगरपालिकाको वडाहरु १,२,४,५,६,७ र ८ मन्थली नगरपालिकाको वडाहरु ४,५,६,९,१३ र १४ लाई […]