रामेछापका माझी समुदायको डुङ्गा तार्ने र माछा मार्ने पेशा लोप हुँदै

रामेछापका माझी समुदायले आफ्नो परम्परागत डुङ्गा तार्ने र माछा मार्ने पेशा परिवर्तन गर्न थालेका छन् । नदीनाला र खोलामा पुल बन्नेक्रम बढ्दा माछा मारेर जीविकोपार्जन गर्न सहज नभएपछि उनीहरूले पेशा परिवर्तन गर्न थालेका हुन् । स्थानीय सरकारले पर्याप्त योजना र बजेटको व्यवस्था गर्नुपर्ने माग माझी समुदायको छ । रामेछापको कोशी किनारमा माझी समुदायका नागरिक बस्दै […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा सम्पन्न

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ ।महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ हप्तासम्म […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको […]

रामेछापमा पछिल्लो केही वर्षयता देउसी,भैलोमा मादलको कम प्रयोग हुँदै

रामेछापमा केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो । नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा […]

रामेछापमा लोप हुँदै पिङ हाल्ने परम्परा

दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा कही वर्षअघिदेखि रामेछाप जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौं रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै […]

रामेछाप भंगेरीका नेवार समुदायले भदौ २० गते लाखेनाच देखाउने

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेका नेवार समुदायले लाखेनाच देखाउने भएका छन । भंगेरी लाखे नाच सांस्कृतिक समुहले यहि भदौ १९,२० र २१ गते लाखेनाच प्रदर्शन गर्न लागेका हुन । २०७६ सालमा कोरोना भाइरसको कारणले रोकिएको लाखेनाच यस बर्ष तिन दिन विशेष सांस्कृतिक कार्यक्रम सहित देखाउन लागिएको भंगेरी लाखे नाच सांस्कृतिक समुहका अध्यक्ष […]

रामेछापमा जोगी समुदायको फेरी लगाउने पेशा सङ्कटमा

रामेछापको जोगी समुदायलाई परम्परा जोगाउन चुनौती देखिएको छ । पुस्तौँदेखि रामेछाप, दोलखा, ओखलढुङ्गा,सिन्धुली लगायतका जिल्लामा जोगी समुदायका मानिसहरूले पेशाकै रुपमा फेरी लगाउने काम गर्दै आएपछि पछिल्लो समय उनीहरूको यो पेशा लोप हुन लागेको हो । विशेषगरी गाउँघरमा कात्तिक र चैत महिनामा रातभर विभिन्न मन्त्र उच्चारण गर्दै फेरी लगाउने र बिहान भएपछि घरघरमा गएर सिदा उठाउने […]

जिल्ला अस्पताल प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण

जिल्ला अस्पताल रामेछापको प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण भएको छ । २०७२ को भूकम्पले क्षती गरेको पुरानो मन्दिरको ठाउँमा अहिले नयाँ मन्दिर बनेको हो । उक्त मन्दिरमा आज(शनिबार) पुजाआजासहित मूर्ति र गजुर राखिएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले मन्दिर उद्धघाटन गर्नुभयो । १० लाख ९२ हजार ६३ रुपैयाँ लागतमा निर्माण भएको मन्दिरमा […]

रामेछाप बाबियाखर्कमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कको गणेश चोकमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ । यहि वैशाख १९ गते सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ वैशाख २७ गतेसम्म संचालन हुनेछ । बाबियाखर्कका दामोदर घिमिरेले व्यक्तिगत लगानीमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाउनुभएको हो । काश्यप गोत्र घिमिरे थरका […]

रामेछाप डाँडामा रहेको पशुपतिनाथ मन्दिरको पुनःनिर्माण सुरु

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै रहेको पशुपतिनाथ मन्दिरको पुनःनिर्माण सुरु भएको छ । बषैँ पुरानो मन्दिरको २०५२ सालमा रणशेर गुल्मले जिर्णोद्धार गरेको थियो । त्यसपछि २०७२ को भुकम्पले आंशिक क्षती गरेको मन्दिर संरक्षणको पर्खाइमा थियो । मन्दिर पुरै भत्काएर नयाँ बनाउन लागिएको रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो […]