रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाए

रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत चैत ९ गते सोमबारसम्म जिल्लाका १५ हजार ८९१ जनाले खोप लगाएका हुन् ।

गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका ५५ वर्ष माथीका ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी आठ हजार ६०९ जनलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो ।

यो अवधिमा जिल्लाको गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिकाका नागरिकले खोप लगाएका थिए । चैत ५ गते बिहीबारवाट जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका,रामेछाप नगरपालिका,खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका जेष्ठ नागरिक र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने कार्य जारी छ ।

खोप सुरु भएको पाँचौदिन सोमबारसम्म सात हजार २८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो चरणमा जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकाका ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार