हालसम्म रामेछापका ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ९४ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ५८ जनामा गरी ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना […]

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाका स्वास्थ्यकर्मी र केही कर्मचारी सहित चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाबाट विहीबार स्वाब पठाईका मन्थली नगरपालिकाका २९ जना र जिल्ला अस्पतालका दुईजना मध्ये चार जनाको रिपोर्ट […]

२१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त

देशभरका विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त रहेको पाइएको छ । धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको मन्त्रालयका शाखा अधिकृत […]

रामेछापका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका ३४ र जिल्ला अस्पतालबाट २ जना गरी ३६ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ७० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण […]

लैङ्गिक हिंसाले मनोसामाजिक समस्या

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ । यस बर्ष कोरोनाको कहर तथा […]

तुलसीको विवाह र विशेष पूजाआज गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष हिजो र आज दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले आज एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । […]

रामेछाप नगरपालिकामा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु(फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा पनि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ । बुधबार साँझ नगरपालिकाको कार्यालयमा दीपप्रज्वलन गरी अभियानको सुरुवात गरिएको हो । रामेछाप नगरपालिका उपप्रमुख सृजना खड्काले दीप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको बताउनुभयो । “लैंगिक हिंसा अन्त्यको प्रतिवद्वताः व्यक्ति समाज र सबैको ऐक्यवद्वता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्वको […]

रामेछापमा १८७ जना सङ्क्रमितले जिते कोरोना, ३ जना आईसोलेसनमा

रामेछापका १८७ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । आज मन्थली नगरपालिका घर भएका ३ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १८७ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १९० […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी 

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा […]

देशमा कोभिड–१९ को सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख बढी

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ […]