गङ्गालाल र पुष्पलालको शालिक कन्तविजोक अवस्थामा

राणाशासन अन्त्यका लागि प्राण त्यागेका शहीद गङ्गालाल श्रेष्ठ तथा नेपालमा कम्युनिष्ट पार्टी स्थापना र विकासमा अमूल्य योगदान दिने पुष्पलाल श्रेष्ठको जन्मघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । रामेछाप डाँडास्थित भँगेरीमा रहेको श्रेष्ठ दाजुभाइको जन्मघर परिसरमा बनाइएको शालिक जीर्ण बनेको छ भने घर रहेको क्षेत्र नै झाडीमा परिणत भएको छ । राणा शासनकालमा काठमाडौँका सुब्बा […]

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप । रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन […]

न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल रामेछाप देशभरमै तेस्रो हुन सफल

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो । जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक पाएर पहिलो,चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अंक पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अंक पाएर तेस्रो हुन […]

मन्थली बाहेक रामेछापका अन्य स्थानिय तहमा छैन दमकल,आगलागी हुँदा करडौँको क्षती

रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगोलागीका घटनाहरु हुने गरेका छन । आगोलागीले हरेक वर्ष वनजंगल,पशुपंक्षी,धनमाल र मानविय क्षती समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले […]

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार(आज) जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य […]

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा सुकाजोरमा भान्साघर औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले रामेछाप नगरपालिका ७ सुकाजोरमा बिहिबार(आज)भान्साघर औषधालय कार्यक्रम सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नन्दन कँडेल र डा.ज्योति ढकालले सहभागीहरुलाई स्वस्थ रहने उपायहरुका साथै हाम्रा भान्सा तथा करेसाबारीमा हुने जडिबुटिहरुको औषधीय […]

रामेछाप महोत्सवको चौथो दिन प्रमोद खरेलले तताए महोत्सव

रामेछाप उद्योग वणिज्य संघको आयोजनामा यही पौष २६ गतेदेखी सुरु भएको वृहत् रामेछाप महोत्सवमा सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् । खरेलको उत्कृष्ट प्रस्तुतिले आइतबार(आज) महोत्सवमा दर्शकले भरपुर मनोरञ्जन लिएका हुन । उनको प्रस्तुतिमा युवाहरु once more भन्दै झुमेका थिए । उनले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । एक […]

रामेछाप नगरपालिका–७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवद्यिसम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतबार(आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सुकाजोरका हिमाल […]

रामेछाप सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडा कार्यालयद्धारा सम्मान

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडाकार्यालयले सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले जेष्ठ नागरिकहरू प्रेरणाको श्रोत भएको भन्दै सम्मान गर्न पाउँदा निकै […]

रामेछाप प्रहरीमा घरेलु हिंसाका ३५ वटा उजुरी दर्ता

रामेछापमा गत आर्थिक वर्ष र चालु वर्षको हालसम्मको अवधिमा महिला विरुद्ध हुने घरेलु हिंसा विरुद्धका ३५ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रबक्ता रञ्जन गिरीले सो कुरा जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीमा आर्थिक वर्ष २०७९/८० मा महिला विरुद्ध हुने हिंसाका ३० वटा उजुरी दर्ता भएका हुन् भने चालु […]