कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै रामेछापमा पनि भिडभाड गर्न रोक

कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै रामेछापमा पनि भिडभाड गर्न रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै भिडभाड गर्न रोक लगाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौँलोचन सैजूको अध्यक्षतामा मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना भाइरस कोभिड १९ संक्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सभा,जुलुस,र्याली, भेला,जमघट,गोष्ठी,सेमिनार, बैठक तथा भिडभाड बढाउने व्यवसायीक कार्यहरु नगर्न तथा नगराउन आग्रह गरेको छ ।

मास्कको अनिवार्य प्रयोग गर्न, साबुन पानीले राम्रोसंग हात धुन,सेनिटाइजरको प्रयोग गर्न र ,सामाजिक दुरी कायम गर्न नागरीकहरुलाई आग्रह गरिएको हो । छिमेकी मुलुक भारत लगाएतका देशहरुमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै रामेछापमा थप स्वास्थ्य सुरक्षा सतर्कता सहितको पूर्व तयारी गर्न लागिएको प्रजिअ सैजुले जानकारी दिनुभयो ।

आउदै गरेको होली पर्व परिवार भित्र सिमित रहेर मनाउन रामेछाप प्रशासनले आग्रह गरेका छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिएसँगै रामेछापमा पनि पूर्व तयारी गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार