अब प्रदेश स्तरबाट नभइ राष्ट्रिय स्तरमै एसईई सञ्चालन गर्ने

राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन […]

सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटायो

सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१ दशमलब […]

रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा हिजोदेखी सुरु भएको आधु्निक उत्पादनमुखी विकास अवधारणा,मोडल र भुमिका सम्बन्धि २ दिने तालिम आज सम्पन्न भएको छ । तालिममा विकासमा आधुनिक मोडलहरुको पद्धती,तरिका,विकासलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराइएको रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले जानकारी दिनुभयो । २ दिनसम्म सन्चालन भएको तालिममा नगरपालिकाका ९ वटै वडाहरुबाट वडा […]

सोनाम ल्होछार मनाउन रामेछापका ३ स्थानिय तहले दिए विदा

तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व मनाउनका लागि रामेछापका ३ वटा स्थानिय तहहरुले सार्वजनिक विदा दिएका छन । रामेछापको सुनापती,दोरम्बा र खाँडादेवी गाउँपालिकाले विदा दिएका हुन । सुनापती गाउँपालिकाले सोनाम ल्होछार पर्व मनाउनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णंय गरेको छ । तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ३० गते […]

सोनाम ल्होछार मनाउन रामेछापका २ स्थानिय तहले दिए विदा

तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व मनाउनका लागि रामेछापका २ वटा स्थानिय तहहरुले सार्वजनिक विदा दिएका छन । रामेछापको सुनापती र खाँडादेवी गाउँपालिकाले विदा दिएका हुन । सुनापती गाउँपालिकाले सोनाम ल्होछार पर्व मनाउनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णंय गरेको छ । तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ३० गते […]

हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी अर्थात् छोरी सम्मेलन हुने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी अर्थात् छोरी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरी बेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीन दिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न ’कू’ प्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका […]

रामेछापको ठोसेमा आगलागीमा परेर एक जनाको मृत्यु

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे स्थित चौरपातलका किपाले शेर्पाको घरमा गएराती आगलागी हुँदा एकजनाको जलेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको आगोमा जलेर ज्यान गएको हो । ढुङ्गामाटोले बनेको शेर्पाको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट […]