भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम

भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम

नेपालमा लकडाउनको घोषणा भएको एक वर्ष पूरा भएको छ । एक वर्ष अघि आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना सङ्ेक्रमणको दर बढेसँगै सतर्कता अपनाउँदै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । । एक सय २० दिन लामो लकडाउन साउ ६ गते अन्त्य भएको सरकारले घोाणा गरेको थियो । सबैक्षेत्र खुलेपनि घट्दै गएको कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ ।

हाल खोप कार्यक्रम सञ्चालन भएपछिको अवस्थामा पनि नेपालमा कोरोना सङ्क्रमित बढेका छन् । छिमेकी मुलुक भारतमा सङ्क्रमित बढ्न थालेपछी नेपालमा पनि त्यसको असर देखिन थालेको छ । कारोना विरुद्ध स्वास्थ्यका मापदण्ड पालना भएको छैन भने सीमा नाकामा कडाई छैन । जसका कारण कोरोनाको सङ्क्रमण झन् बढ्ने जोखिम देखिएको छ । केहि हप्ता अगााडी सम्म सेती प्रादेशीक अस्पताल धनगढीमा कोरोना परिक्षण गर्न आउनेको सङ्ख्या शुन्य नै भएको थियो । तर अहिले परिक्षणका लागि दैनिक ३० जना सम्मआउने गरेका छन् ।

हिजो मात्र सेती प्रादेशीक अस्पतालको आइसियु कक्षमा ३ जना सङ्क्रमित भर्ना भएका छन् । उनीहरु तिनै जना भारतबाट आएकोसेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौमा पनि कोरोनाका विरामी बढ्न थालेका छन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सङ्क्रमण घटेपछि आकस्मीक कक्षमा सरदर ६ जना बिरामी उपचारमा हुने गरेकोमा अहिले यो सङ्ख्या बढ्न थालेको जानकारी दिनुभयो ।

भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछी कतिपय प्रदेशमा फेरी लकडाउन गरिएको छ । सरकारले १६ वटा मुख्य नाकामा हेल्थ डेक्स राखेर नेपाल भित्रनेलाई जाँच गरेको भनेपनि कडाइ छैन । नाकाबाट सरदर ३ देखि ५ सय मानिसहरु नेपाल भित्रिरहेका छन् । खुल्ला सीमाका कारण हुने आवतजावतले नेपालमा पनि सङ्क्रमण बढ्ने जोखिम बढेको जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीको भनाइ छ । २ दिन यता नेपालमा कोरोनाका सङ्क्रमित लगातार बढेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार ९ दिन अघि ३ हजार ३ सय ११ जनामा पिसिआर परीक्षण गर्दा ७९ जनामा कोरोना देखिएको थियो ।हिजो ४ हजार ३२ जनामा गरिएको परिक्षणमा १ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । नेपालमा हाल सम्म २ लाख ७६ हजार २ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस मध्ये २ लाख ७२ हजार ९७ जना स्वस्थ भइसकेका छन् । कोरोनाका कारण हालसम्म नेपालमा ३ हजार १९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार