रामेछाप नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण

रामेछाप नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण

रामेछापको रामेछाप नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले ‘हाम्रो रामेछाप नगरपालिका ’नामक पाठ्यपुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । पाठ्यपुस्तक निर्माणका लागि नगरपालिकाले विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो ।

पस्तकमा रामेछाप नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थलहरू, विविध जातजातिहरू,स्थानिय चाडपर्वहरू, स्थानिय भाषाहरु,स्थानीय बाजाहरू,,स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन,स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन्  ।आधारभूत तहको ८ सय पूर्णाङ्क मध्ये सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार नगरपालिकाले कक्षा १ देखी ८ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको हो ।

अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । पुस्तकको रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले लोकापर्ण गर्नुभएको हो । पुस्तकको लोकापर्ण गर्दै उहाँले स्थानीयले आफै १०० पूर्णाङ्कको पाठ्यपुस्तक तयार पारेर लागु गर्दा बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, भावनात्मक सम्बन्ध लगातमा बारेमा जानकारी पाउने र उनिहरुलाई गाउँ ठाँउमै रहने वातावरणको विकास हुने बताउनुभयो ।

पाठ्युपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण रहेको भन्दै उहाँले यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । शिक्षा शाखाका संयोजक सुकदेव नेपाले नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुलाई स्थनिय विषय पाठ्यक्रम तथा शिक्षण सिकाइएको बारेमा सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार