रामेछापमा टेलिकमको फाइबर टु द होम सेवा शुरु

रामेछापमा टेलिकमको फाइबर टु द होम सेवा शुरु

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा रामेछापमा पनि सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । नेपाल टेलिकम रामेछापले सदरमुकाम मन्थलीमा आज एक कार्यक्रमको आयोजना गरी जिल्लामा फाइबर टु द होम सेवा सुरु गरेको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम रामेछापले जनाएको छ ।

नेपाल टेलिकमले एफटिटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराउने नेपाल टेलिकम मन्थली रामेछापका कार्यालय प्रमुख विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो । एफटिटीएच प्रविधि मार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक हुने उहाँको भनाई छ । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आज यो सेवाको औपचारिक सुभारम्भ गनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार