समाजसेवी भरत चौलागाँइद्धारा विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

समाजसेवी भरत चौलागाँइद्धारा विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम समाजसेवी भरत चौलागाँइले रामेछाप नगरपालिका ८ मा रहेको श्री मावि भंगेरीका शिक्षक र विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । चौलागाँइले विद्यालयलाई ४ वटा कम्युटर र विद्यार्थीहरुलाई सिकाउन एक महिना भित्र पन्चेबाजा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ढुण्डीराज बख्रेलले जानकारी दिनुभयो । विद्यालयका ३ सय भन्दा बढी विद्यार्थी र १७ जना शिक्षक तथा कर्मचारीलाई ट्रयाकसुट उपलब्ध गराएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार