स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न ‘च्यास्कु बजारैमा’ गीतको भिडियो निर्माण
रामेछाप। मौलिक कला, संस्कृति र लोकसङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको ‘संस्कृति भाग–२ : च्यास्कु बजारैमा’ गीतको भिडियो छायाङ्कन रामेछापको रामेछाप नगरपालिका ६ ओख्रेनी च्यास्कुमा सम्पन्न भएको छ। संस्कृति जोगाउ अभियान परिवारको व्यवस्थापनमा सम्पन्न भिडियो छायाङ्कनमा संस्कृतिप्रेमी महानुभावहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। उक्त अभियानलाई रामेछाप नगरपालिका वडा नं. ६ वडा कार्यालय तथा बज्र […]

