डेढ महिनाको अवधिमा चौथोंपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

डेढ महिनाको अवधिमा चौथोंपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले डेढ महिनाको अवधिमा चौथों पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसअघि माघको मध्यदेखि फागुनसम्ममा सरकारले तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल तथा डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८ र डिजेलको १ सय १ रुपैयाँ पुगेको छ ।

यस्तै हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ९ दशमलव ३५ रुपैयाँ, डिजेलमा प्रति लिटर ५ दशमलव ८० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ९२ दशमलव ८२ रुपैयाँ घाटा कायम रहने उहाँले बताउनुभयो । अर्धमासिक रूपमा निगमलाई करिब १ अर्ब २७ करोड ७० लाख घाटा रहिरहने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार