रामेछापमा ५४ जनाको स्वाब परीक्षण गरिएकोमा १ जनालाई कोरोना पोजेटिभ

रामेछापमा ५४ जनाको स्वाब परीक्षण गरिएकोमा १ जनालाई कोरोना पोजेटिभ

रामेछाप जिल्लामा ५४ जनाको कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यहि चैत्र १ गते पिसिआर परीक्षणका लागी पठाइएको ५४ जनाको स्वाबमध्ये १ जनामा कोरोना संक्रमण देखिएको छ भने अरु बाँकी ५३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

कोरोना संक्रमित व्यक्ति २७ वर्षिय पुरुष दोलखा स्थित आफनै घरमा होमआईसोलसमा बसेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । चैत्र १ गते उमाकुण्ड गाउँपालिकाका ५१ जना,जिल्ला अस्पतालमा एक जना र मन्थली नगरपालिकाका दुईजनाको स्वाब पिसिआर परीक्षणको लागी पठाइएको थियो ।

जिल्लामा अहिलेसम्म दुई हजार ६०४ जनाको स्वाब परीक्षण गर्दा २२४ जनामा कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमित २२४ जनामध्ये २२१ जना कोरोना मुक्त भएका छन् भने ३ जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार