रामेछापको गाल्पा, दोरम्बा र टोकरपुर सडक कालोपत्रे हुँदै

रामेछापको गाल्पा, दोरम्बा र टोकरपुर सडक कालोपत्रे हुँदै

रामेछापको दोरम्बा गाउँपालिकाको मुख्य सडक गाल्वा–दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्मको १४ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गाउँपालिकाले प्राथमिकताको साथ स्तरउन्नती गर्दै आएको उक्त सडक यस बर्षदेखि कालोपत्रेको काम अगाडि बढने भएको हो । संघीय सरकार, बागमती प्रदेश सरकार, दोरम्बा गाउँपालिकाको सहकार्यमा गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे गर्ने सम्झौता भएको छ । आइतवार बागमती प्रदेश सरकार र दोरम्बा गाउँपालिकाबीच गाल्वा, दोरम्बा टोकरपुर जोडने सडक कालोपत्रे गर्ने सम्झौता भएको छ । सडक कालोपत्रेका लागि प्रदेश सरकारले १० प्रतिशत, गाँउपालिकाको २० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत बजेट उपलब्धतामा गरउाने सम्झौता भएको छ । आइतवार दोरम्बा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तान र बागमती सरकारको तर्फबाट डा. सहदेव बहादुर भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार