सुनापति गाउँपालिकामा दुई खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन

सुनापति गाउँपालिकामा दुई खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन

रामेछापको सुनापति गाउँपालिका– ५ र ३ का २ वटा खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन गरिएको छ । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना र हिलेदेवीको कामाखोला खानेपानी आयोजना उद्घाटन तथा उपभोक्तालाई हस्तान्तरण गरिएको हो । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि कूल १ करोड १ लाख ३ हजार ६ सयको लागत लागेको थियो ।

सो योजनामा सम्पन्न गर्न सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको २७ लाख २ हजार १ सय, गाउँपालिकाको ३० लाख, वडा कार्यालयको ३० लाख र समुदायको १४ लाख २ हजार ५ सय स्रोत साझेदारीमा सम्पन्न भएको हो ।

जसबाट दलित १४, जनजाति १४६, विद्यालय ३, गुम्वा १, मन्दिर १ र स्वास्थ्य संस्था १ गरी १६६ घरधुरीमा एक घर एक धारा निर्माण भएको थियो । ७० घनमिटरको ट्याङ्की, ५ हजार १ सय ५० मिटर मुख्य पाइप लाइन, १५ हजार ९ सय वितरण लाइन, इन्टेक ३ वटा, कलेक्सन चेम्वर २ वटा, विपिटी चेम्वर २ वटा निर्माण भएको सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार