सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी

सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी छ । पानीको निकै समस्या रहेको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा यहाँका नागरीकहरुलाई पानी संकलन गर्न सहयोग पुर्याउने उद्धेश्यले केहि वर्ष अघिदेखी एक घर एक ट्याङ्की वितरण अभियान सन्चालन भईरहेको छ ।

आकाशे पानी संकलन गरी विभिन्न काममा प्रयोग गर्न सहजहोस भन्ने उद्धेश्यका साथ वडामा एक घर एक ट्याङ्की वितरण अभियान जारी रहेको र सोहि अभियान अन्तर्गत खिर्रेपानी गैरी गाउँका ४४ घरपरिवारलाई आज ट्याङ्की वितरण गरिएको वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷७८ को विनियोजित बजेटबाट ५० वर्ष वारेन्टि भएको ५ सय लिटरको ट्याङकी वितरण गरिएको उहाँले बताउनुभयो ।

कृषि तथा पशु पालन क्षेत्रमा पानीको प्रयोग गर्न सहज पुग्ने विश्वासका साथ ट्याङकी वितरण गरिएको वडाअध्यक्ष कार्कीको भनाई छ । वडाका अब केही टोलहरुमा मात्र ट्याङकी वितरण गर्न बाँकी रहेको र ति टोलहरुमा पनि यस आर्थिक वर्ष भित्रमै वितरण गरिसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार