रामेछापमा डोरी तान प्रतियोगिता सम्पन्न,मन्थली नगरपालिकाले जित्यो उपाधि

रामेछापमा डोरी तान प्रतियोगिता सम्पन्न,मन्थली नगरपालिकाले जित्यो उपाधि

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा जिल्लामा पहिलो पटक सन्चालन भएको (टग अफ वार) डोरीतान प्रतियोगितामा शनिबार सम्पन्न भएको छ । सो प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । जिल्लाका ८ स्थानीय तहबाट ८ टिम सहभागि भएकोे प्रतियोगितामा खाँडादेवीलाई पछि पार्दै मन्थली नगरपालिकाले उपाधि जितेको हो । डोरीतान प्रतियोगितामा खाँडादेवी गाउँपालिका उपबिजेता भएको छ । प्रतियोगितामा बिजेता हुँदै मन्थली नगरपालिकाले नगद २० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपबिजेता भएको खाँडादेवी गाउँपालिकाले १५ हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार