रामेछाप गोकुलगंगामा एमालेको पार्टी कार्यालय उद्धघाटन

रामेछाप गोकुलगंगामा एमालेको पार्टी कार्यालय उद्धघाटन

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी कार्यालय उद्धघाटन गरिएको छ । गोकुलगंगा गाउँपालिकामा आजबाट पार्टी कार्यालय सन्चालनमा आएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारको अध्यक्षतामा गाउँपालिकाको केन्द्र रहेकै स्थान रस्नालु भिमसेनथानमा पार्टी कार्यालय सन्चालनमा आएको अनेरास्ववियुका केन्द्रिय सदस्य सागरहरी अधिकारीले जानकारी दिनुभयो । पार्टी कार्यालय उदघाटन कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार