सेलेघाट–साँघुटार सडक कालोपत्रे गर्ने क्रममा निमार्ण ब्यवसायीले लापर्वाही गरेको स्थानीयको आरोप

सेलेघाट–साँघुटार सडक कालोपत्रे गर्ने क्रममा निमार्ण ब्यवसायीले लापर्वाही गरेको स्थानीयको आरोप

रामेछाप जिल्लाको सेलेघाट – साँघुटार सडकको कालोपत्रेको काम गर्न थालेको निर्माण ब्यवसायीको मनोमानीले स्थानियहरु लाई समस्या परेको भन्दै सरोकरवालाहरुले पत्रकार सम्मेलन गरेका छन् । सडक कालोपेत्रेका नाममा कम्पनिले एकै पटक सडक चौडा पार्दै गर्दा स्थानिय हरुलाई बेवास्ता गर्दे सडक आसपासका संरचनामा ब्यापक क्षति पुुर्याएको भन्दै आईतबार स्थानियहरुले पत्रकार सम्मेलन गरेका हुन् ।

निर्माण कम्पनिले आफु र सडक विभाग विचको संझौताको समेत बेवास्ता गर्दे मनोमानी ढंगले काम गरेको गुनासो उनिहरुले गरेका छन् । ठेकेदार कम्पनिले साविकका मुल बाटो,पानीको कुलो ,संचालित अबस्थामा रहेका पानीको योजना,मठ मन्दिर,चौतार र ब्यक्तिका घरमा समेत क्षति पुर्याय पछि स्थानिय हरुले आईतबार पत्रकार सम्मेलन मार्फत न्यायको याचना गरेका हुन् ।

रामेछाप नगरपालीका वडा नं २ का वडा सदस्य शुशिल हरि बख्रेलको नेतुत्वमा सदरमुकाम मन्थली आएका पिडितहरुले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि ठेकेदारको मनोमानी विरुद्ध आफुहरु प्रशासन र संचारमाध्यमलाई गुहार्न बाध्य भएको उनिहरुले बताएका छन् । पत्रकार सम्मेलन मार्फत आफना समस्याका बारेमा सार्वजनिक गरेको टोलीले आईतबारै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई भेटेर समस्याका बारेमा ध्यानाकर्षण गराएका छन् ।

सिन्धुली र रामेछापको सिमानामा रहेको सेलेघाट देखि साँघुटार सम्म ५२ किलोमीटर लम्बाई सडक सिद्धशाही निर्माण सेवाले कम्पनीले कालो पत्रे गर्ने जिम्मा लिएको थियो । करिब १ अर्ब ६४ करोडको लागतमा सडक कालोपत्रेको काम यसै वर्षदेखि शुरु भएपछि उत्साहित बनेका स्थानियहरु ठेकेदारको मनोमानीले अन्यायमा परेको नेतृत्वकर्ता शुशिलही बख्रेलले बताउनुभयो ।

निर्माण कम्पनीले सडक भत्काए संगै अत्याबश्यक संरचनाहरु काम चलाउ रुपमा भएपनि तत्काल निर्माण गरिदिनु पर्ने संझौताको वेवास्ता गर्दै हेपाहा प्रबृति देखाएकाले आफुहरु संचार माध्यम र प्रसासनको ढोका ढक्याउन बाध्य भएको स्थानिय राम बुढाथोकिले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो खानेपानी,कुलो र सडक अनि मन्दीर र निजि घर समेत जोखिममा पर्दा पनि ठेकादरले ब्यवास्ता गर्नू भनेको हेपााह पबृत्तिको पराकाष्टा हो ।

ठेकेदार कम्पनिले गरेको गलत कामको बारेमा पहिलो पटक प्रशासनमा लिखित रुपमा सरोकारवालाहरु बाट गुनासो आएकोले यसलाई आफुले तत्काल दुवै पक्षलाई राखेर छलफल गर्नै प्रजिअ गौलोचन सैजुले बताउनु भयो । उहाँले भन्नु भयो –नियम र संझौता बाहिर गएको पाईए त्यसको सबै जिम्मा निर्माण कम्पनिले ब्यहोर्नु पर्ने हुन्छ । अन्यथा नागरिकलाई दुख दिन पाईदैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार