मापदण्ड विपरित भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

मापदण्ड विपरित भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

सरकारले अबदेखि तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याइने बताएको छ।सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आएकोले विभागले जनाएको छ। विभागले सूचना जारी गर्दै चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार