रामेछाप नगरपालिकामा मतगणना हुन सकेन,गोठगाउँको विवादले मतगणना प्रभावित

रामेछाप नगरपालिका वडा नं १ बाट हिजो मतपेटिका ल्याउने क्रममा मतपेटिका बोकेको गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जना सामान्य घाइते भएका थिए । दुर्घटना भएको गाडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै नफर्कीएर सुरक्षाकर्मी मात्रै फर्कनुले घटना रहस्यमय र झालझेल रहेको भन्दै राजनीति दलहरूले मतगणना गर्न नदिने वताएका छन । राजनीति दलहरुले […]

रामेछाप नगरपालिकामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

रामेछाप नगरपालिकामा हिजो भएको मतदानको मतगणना गर्न अहिले सर्बदलिय बैठक बसिरहेको छ । सर्बदलिय बैठक लगत्तै मतगणना गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ । दिउँसो १ बजेबाट मतगणना सुरु हुने छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी […]

रामेछाप नगरपालिकामा १६ हजार ३ सय ३८ मत खस्यो,शनिबार बिहानदेखि मतगणना हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आज शान्त वातावरणमा मतदान भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको वडा नं १ गोठगाउँमा १४८१,वडा नं २ देउरालीमा १९८५,वडा नं ३ साँघुटारमा १३३९,वडा नं ४ हिमगंगामा २३ सय ४,वडा नं ५ रामपुरमा […]

मतपेटिका बोकेको गाडी साँघुटारमा दुर्घटना,प्रहरी र म्यादी प्रहरी घाइते

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ । रामेछाप नगरपालिका वडा न १ गोठगाउंबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । वडा नं ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप नगरपालिकाका नगर प्रहरी हबल्दार विष्णु […]

रामेछापमा ६० प्रतिशत मत खस्यो,आजै रातिदेखी मत गणना गर्ने तयारी

रामेछाप जिल्लामा ६० प्रतिशत मतदान भएको छ । विहान ७ बजेदेखी दिउँसो ५ बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप मन्थलीले जानकारी दिएको छ । जिल्लाका ८ वटै पालिकामा करिव ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिनुभयो । जिल्लाको ४ वटा स्थानमा बाहेक अन्य सबै ठाउँमा शान्तिपुर्ण रुपमा […]

रामेछापको मतदान स्थलमा सुरक्षा व्यवस्था कडा,ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह

भोलि हुने निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाएको छ । रामेछापको २५ वटा मतदान स्थललाई अति संवेदनशील वर्गको वर्गीकरण भएसँगै ती मतदानस्थलमा सुरुक्षा व्यवस्था कडा पारिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा […]

कुँबुकास्थलीका कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार,दुई जना पक्राउ

नेपाली कांग्रेस रामेछाप उमाकुण्ड गाउँपालिका ३ कुँबुकास्थलीका वडा अध्यक्षका उम्मेदवार रमेश कुमार सुनुवारमाथि खुकुरी प्रहार भएको छ । राष्ट्रिय प्रजातन्त्र पाट्रि नेपाल र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ । वडा अध्यक्षका उम्मेदवार सुनुवारसँगै नेपाली कांग्रेसका कार्यकर्ता शेर ब सुनुवार माथि पनि आक्रमण भएको छ । आक्रमणबाट दुवैजना घाइते भएका […]

रामेछापमा बैशाख ३० गते अत्याअवश्यक बाहेकका सवारी आवगमनमा रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख ३० गते भोलिका दिन अत्याअवश्यक बाहेकका सवारी आवगमनमा रोक लगाइएको छ । प्रशासनले एक सुचना जारी गर्दै बैशाख ३० गते शुक्रबारका दिन पालिका चुनाव हुने भएकाले जिल्लामा अत्यावश्यक बाहेकका सवारी आवगमनमा रोक लगाइएको जानकारी गराएको छ । शुक्रबारका दिन स्थानीय तह निर्वाचनको मतदान हुने भएकोले आज राति १२ बजेदेखी भोलि […]

रामेछापको रस्नालुमा एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका उम्मेदवार गम्भिर घाईते

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका एक पुरुषलाई कुटपिट गरि गम्भिर घाईते बनाएका छन् । गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका यमबहादुर कार्कीलाई एमालेका कार्यकर्ताले कुटपिट गरी गम्भिर घाईते बनाएका हुन् । एमालेका कार्यकर्ताहरु रविन सुनुवार, वबि सुनुवार र शिव सुनुवारले बाँसको भाटाले कुटपिट […]

रामेछाप नगरपालिकामा एउटा पनि आचारसंहिता उल्लंघनको उजुरी परेन

स्थानीय तहको निर्वाचन २०७९ आउन अब २ दिन मात्रै बाँकी छ । अहिले निर्वाचनको मौन अवधी जारी छ । निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले आज नगरपालिकामा रहेका सबै राजनीति दलका प्रतिनिधि तथा पत्रकारसँग मौन अबधिको पालनाबारे छलफल गरेको छ । रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङको अध्यक्षतामा बसेको बैठकमा बोल्दै निर्वाचन अधिकृत गुरुङले रामेछाप नगरपालिकामा […]