रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस,उपाध्यक्षमा एमालेको जित

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार केशव महत विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडेरियालाई पराजित गर्नुभएको छ । महतले ५ हजार १ सय १२ मत प्राप्त गर्नुभएको छ भने कडेरियाले ४ हजार ८ मत प्राप्त गर्नुभयो । महतले एक […]

रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याउनु भएको छ । […]

रामेछाप नगरपालिकामा ७ वडा सहित प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्ष सहित नेपाली काग्रेसले विजय हासिल गरेको छ । काग्रेसका उम्मेदवार लबश्री न्यौपाने एमालेका रोशन पाख्रिनलाई फराकिलो अन्तरले पराजित गरी नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गर्दा पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो । उप प्रमुखमा काँग्रेसकै बालकुमारी […]

रामेछाप नगरपालिका ७ को वडाअध्यक्षमा समिर कार्कीको प्यानल नै विजयी

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको वडाअध्यक्षमा फेरीपनि समिर कार्की भारी मतले विजयी हुनुभएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा उम्मेदवार बन्नुभएका काकीले नेकपा एमालेका उम्मेदवार ध्रुव बस्नेतलाइ ९ सय २० मतले पराजित गर्दै जित हात पार्नुभएको छ । वडा नं ७ मा कार्कीसँगै उहाँको प्यानल नै विजयी भएको छ । वडा सदस्यमा महेन्द्र […]

देशभरका २ सय ५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम चलिरहेको छ । हालसम्मको अवस्थामा देशभरका २ सय ५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १ सय १८, नेकपा एमालेले ७०, माओवादी केन्द्रले ५६, एकीकीत समाजवादीले ४, जनता समाजवादीले २ र अन्य तर्फ ८ जनाले प्रमुख र अध्यक्ष पदमा जित हात पारेका छन् । काँग्रेस […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसको जित

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले शान्दार जित हात पारेको छ । गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गर्नुभएको हो । पराजित खड्गबहादुर सुनुवारले ४ हजार ७ […]

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दको जित

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दले जित हासिल गरेको छ । पालिका अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको छ भने उपाध्यक्षमा गिता विष्ट विजयी विजयी हुनुभएको छ । अध्यक्ष तामाङले ५३९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्काले४८५१ मत प्राप्त गर्नुभयो । तामाङले ५४७ मत बढी ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा गिता […]

रामेछाप नगरपालिका २ मा पुनः माओवादीबाट नीर कुमार श्रेष्ठ विजयी

रामेछाप नगरपालिका २ मा पुनः माओवादीबाट नीर कुमार श्रेष्ठ विजयी हुनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जित्नु भएका श्रेष्ठले दोस्रो कार्यकालको लागि पनि जित हासिल गर्नुभएको छ । उहाँले आफ्नो प्रतिवद्वन्दी कांग्रेसका शुसिलहरी बख्रेलाई २ सय ३२ को फराकिलो मतान्तरमा पराजित गर्दै विजयी हुनुभयो । देउरालीमा श्रेष्ठको प्यानल नै विजयी भएको छ […]

रामेछाप नगरपालिका ३ मा कांग्रेसबाट दल ब प्रधान विजयी

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार दल ब प्रधान विजयी हुनुभएको छ । आज विहान सार्वजनिक मतपरिणाम अनुसार प्रधानले ६३९ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका राम कु खत्रीले ६ सय २६ मत प्राप्त गर्नुभयो । यस अघि उक्त वडामा एमालेले जितेको थियो । रामेछाप […]

रामेछापको गोकुलगंगा गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन । कांग्रेसका वडाध्यक्षका उम्मेदवार छत्रबहादुर बस्नेत ७ सय १५ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका रामजी कार्कीले ६१९ मत पाउनुभएको छ ।