रामेछाप नगरपालिकामा १६ हजार ३ सय ३८ मत खस्यो,शनिबार बिहानदेखि मतगणना हुने

रामेछाप नगरपालिकामा १६ हजार ३ सय ३८ मत खस्यो,शनिबार बिहानदेखि मतगणना हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आज शान्त वातावरणमा मतदान भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाको वडा नं १ गोठगाउँमा १४८१,वडा नं २ देउरालीमा १९८५,वडा नं ३ साँघुटारमा १३३९,वडा नं ४ हिमगंगामा २३ सय ४,वडा नं ५ रामपुरमा २१६५,वडा नं ६ ओख्रेनीमा १९६६,वडा नं ७ सुकाजोरमा २१२३,वडा नं ८ रामेछापमा १९८७ र वडा नं ९ ल्याङल्याङमा ९८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ । मतगणना शनिबार बिहानदेखी सुरु गर्ने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार