रामेछापको रस्नालुमा एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका उम्मेदवार गम्भिर घाईते

रामेछापको रस्नालुमा एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका उम्मेदवार गम्भिर घाईते

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका एक पुरुषलाई कुटपिट गरि गम्भिर घाईते बनाएका छन् । गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका यमबहादुर कार्कीलाई एमालेका कार्यकर्ताले कुटपिट गरी गम्भिर घाईते बनाएका हुन् ।

एमालेका कार्यकर्ताहरु रविन सुनुवार, वबि सुनुवार र शिव सुनुवारले बाँसको भाटाले कुटपिट गर्दा उनको टाउको र घुँडामा गम्भिर चोट लागेको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।

कुटपिटबाट गम्भिर घाईते भएका कार्कीलाई गोकुलगंगा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । कार्कीमाथि कुटपिट गर्ने एमालेका कार्यकर्ताहरु भने फरार भएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार