रामेछापमा बैशाख ३० गते अत्याअवश्यक बाहेकका सवारी आवगमनमा रोक

रामेछापमा बैशाख ३० गते अत्याअवश्यक बाहेकका सवारी आवगमनमा रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख ३० गते भोलिका दिन अत्याअवश्यक बाहेकका सवारी आवगमनमा रोक लगाइएको छ । प्रशासनले एक सुचना जारी गर्दै बैशाख ३० गते शुक्रबारका दिन पालिका चुनाव हुने भएकाले जिल्लामा अत्यावश्यक बाहेकका सवारी आवगमनमा रोक लगाइएको जानकारी गराएको छ ।

शुक्रबारका दिन स्थानीय तह निर्वाचनको मतदान हुने भएकोले आज राति १२ बजेदेखी भोलि मतदानकार्य सम्पन्न नहुन्जेलसम्म शववाहन, एम्बुलेन्स, दमकल, अस्पताल, विद्युत, खानेपानी, दुरसञ्चार, जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेक अन्य सम्पुर्ण सार्वजनिक, निजी यातयातका साधनहरु बन्द हुने सुचनामा उल्लेख छ ।

अत्यावश्यकीय साधनका लागि पास अनिवार्य गरेको छ । काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निवाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ । शुक्रवार हुने स्थानीय तह निर्वाचनको दिनमा भिडभाड नहोस् तथा मतदानमा सहज होस् भन्ने उदेश्यले सवारीसाधन चलाउन रोक लगाईएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार