रामेछापको सुनापति गाउँपालिका १ मा नेपाली काँग्रेसका ध्रुवप्रसाद चौलागाइ विजयी

रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा नेपाली काँग्रेसका उम्मेदवार ध्रुवप्रसाद चौलागाई वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ९ सय ३२ मत पाएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चण्डेश्वर चौलागाईले ९ सय १७ मत पाउनुभएको छ । चण्डेश्वर यस अघिको वडा अध्यक्ष हुनुहुन्थ्यो ।  

रामेछापको लिखुतामाकोसी गाउपालिका १ मा एमालेको प्यानलैै विजयी

रामेछापको लिखुतामाकोसी गाउपालिका १ दुरागाउँमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा प्रदिप कुमार तामाङ बिजयी हुनुभएको छ । यस्तै, सदस्यहरुमो एमालेका ध्रुव कार्की, विमल सुनुवार, खिट कुमारी थापा र शर्मिला खुट्टे बिजयी हुनुभएको छ ।  

रामेछापको उमाकुण्ड–१ मा एमाले विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा एमालेका ङावातिण्डु शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले नेपाली कांग्रेसका उम्मेदवार ङापेम्बा शेर्पालाई पराजित गर्नुभएको हो । शेर्पाले ४७४ मत ल्याएर जित्नुभएका छ । कांग्रेका उम्मेदवार १३ मतले पराजित भएका हुन ।

रामेछापको गोकुलगंगा गाउँपालिका–३ मा एमालेको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नर विक्रम कार्की विजयी हुनुभएको छ ।आज सार्वजनिक गरिएको वडाको मतपरिणाम अनुसार कार्कीले कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँ सहित उक्त वडामा एमालेको प्यानल नै विजयी भएका छन् । पालिका अध्यक्षमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।  

रामेछाप गोकुलगंगा गाउँपालिका–२ को वडाअध्यक्षमा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाउनुभएको छ । यसअघि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा पनि कांग्रेसकै वडा अध्यक्ष विजयी भएका थिए ।

रामेछापको मन्थली नगरपालिका १४ मा एमालेको प्यानलै बिजयी

रामेछापको मन्थली नगरपालिका वडा नं १४ फुलासीमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । उक्त वडा जितेसँगै मन्थली नगरपालिकामा नेकपा एमालेले जितको खाता खोलेको हो । फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ ।  

रामेछापको दोरम्बा डडुवामा एमालेका प्रेम कुमार लामा विजयी

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवामा नेकपा एमालेले जितेको छ । एमालेबाट वडाअध्यक्षका उम्मेदवार बन्नुभएका प्रेम कुमार लामाले ११ सय ४४ मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।  

रामेछाप नगरपालिका वडा नं १ मा कांग्रेसका रेखवहादुर खत्री विजयी

रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रेखवहादुर खत्रीले विजय हासिल गर्नुभएको छ । उक्त वडामा नेकपा एमालेका शिव कार्कीलाई पराजित गर्दै खत्रीले ६ सय ३० मत प्राप्त गर्नुृभएको छ । कार्कीले भने ५ सय ९४ मत पाउनुभयो । वडामा ३ वटा सदस्य नेकपा एमालेबाट र १ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् […]

रामेछापको मन्थली नगरपालिका वडा नं १ मा काँग्रेसको जित

रामेछापको मन्थली नगरपालिका १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । जिल्ला सदरमुकाम रहेको उक्त वडामा काँग्रेस बहुमत सहित विजयी भएको हो । आईतबार सम्पन्न मतगणनामा काँग्रेसका होमप्रसाद पौडेल ( रामहरी ) ले ९ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेशराज सुवेदीले ७ सय ८४ मत प्राप्त […]

विवाद मिलेसँगै रामेछाप नगरपालिकामा मतगणना सुरु

रामेछाप नगरपालिकामा मतगणना सुरु भएको छ । हिजो भएको मतदानको मतगणना गर्न सर्बदलिय बैठक बसेर मतगणना सुरु गरिएको रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङले जानकारी दिनुभयो । अपरान्ह ४ बजेबाट मतगणना सुरु भएको हो । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ […]