वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्छु : ध्रुब बस्नेत

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरबाट सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बन्नुभएका ध्रुब बस्नेतले आफुले वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले वडाअध्यक्षमा निर्वाचित भएपछि आफुलाई राज्यकोषबाट आउने कुनै पनि नगद रकमबाट वडामा रहेका दलित,गरिब र जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग गर्ने […]

सुन्तलाजात फलफुल उत्पादन प्रविधि र बजारीकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापले सुन्तलाजात फलफुल उत्पादन प्रविधि र बजारीकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । जुनार जोन÷सुपरजोन क्षेत्र अन्तरर्गत रामेछाप र मन्थली नगरपालिकाका २५ जना कृषकहरुलाई तालिम दिइएको हो । रामेछाप नगरपालिकामा सन्चालन भएको ३ दिने तालिममा जुनार खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु,जुनारमा लाग्ने विभिन्न रोग किरा नियन्त्रणको […]

रामेछापको सुनारपानीमा टिपरको ठक्करबाट दुई जना घाइते

रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा मंगलबार(आज) भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सालुबाट मन्थली आउँदै गरेको वाग्मती प्रदेश ०१–००३ क ८७०७ नम्बरको टिपरले मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा ७० प २२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार […]

रामेछापमा स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने भएका छन । आज मन्थलीमा गठबन्धनको पहिलो बैठकले केन्द्रले जारी गरेको अपिललाई आत्मासात गर्दै रामेछापमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको नेपाली कांग्रेस रामेछापका उपसभापति लेख ब कार्कीले जानकारी दिनुभयो । पाँच दलको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर […]

पौडी खेल्ने क्रममा रामेछाप गैराथोकमा एक युवकको मृत्यु

रामेछापको मन्थली नगरपालिका–४ का १९ वर्षीय सुदिप खत्रीको पौडी खेल्ने क्रममा आइतबार डुबेर मृत्यु भएको छ । गाउँ नजिकैको रणजोर खोलाको शिरमा रहेको कृष्णदहमा पौडी खेल्न गएका खत्री मृत अवस्थामा फेला परेका हुन् । उनी बाख्रा हेर्न घरबाट हिँडेका थिए । केहि दिन अघि मात्रै तामाकोशी नदीमा पौडी खेल्ने क्रममा म्यादी प्रहरीमा भर्ना हुन आएका […]

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट रोशन र सिता सर्वसम्मत उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिकाले मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंग्याइएको छ । शुक्रबार बसेको एमाले नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सिता केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयरका उम्मेदवार पाख्रिनले रामेछाप नगरपालिकाको मेयर जितेको खण्डमा विशिष्ट महत्व बोकेको रामेछाप बजारलाई सुन्दर र […]

ई–रामेछाप डट कम अनलाईन सम्मानित

रामेछाप जिल्ला केन्द्रित डिजिटल सञ्चार माध्यम ई–रामेछाप डट कम अनलाईन सम्मानित भएको छ । रामेछाप नगरपालिका वडा नं ७ वडा कार्यालयले आज एक सम्मान कार्यक्रमको आयोजना गरी ई–रामेछाप डट कम अनलाईनलाई सम्मान गरेको हो । अनलाईनका सम्पादक तथा सन्चालक राजन महतारालाई वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले सम्मान पत्र हस्तान्तरण गर्नुभयो । वडाको विकासमा […]

रामेछापमा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु

रामेछापमा पनि आजबाट टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय रामेछापमा रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले खोप अभियानको शुभारम्भ गर्नुभयो । खोप अभियानको पहिलो दिन आज गंगालाल एकेडेमीका १४ जना विद्यार्थीलाई खोप लगाइएको छ । जिल्लाभरका ४४ हजार ४ सय १० जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका […]

रामेछाप नगरपालिकाद्धारा ६ वटा रेडियोलाई प्राथमिक उपचार बक्स वितरण

रामेछापको रामेछाप नगरपालिकाले जिल्लामा रहेका ६ वटा रेडियोलाई प्राथमिक उपचार बक्स वितरण गरेको छ । आज नगरपालिकाका प्रमुख नर ब थापा मगरले हजुरको रेडियो,रेडियो रामेछाप,रेडियो तिनलाल,रेडियो तिफदी,रेडियो झंकार र रेडियो ईनर्जीलाई प्राथमिक उपचार बक्स वितरण गर्नुभएको हो । रेडियोमा काम गर्ने पत्रकारहरुलाई सामान्य औषधी उपचारमा सहयोग पुगोस भनेर प्राथमिक उपचारका सामानहरु सहितको बक्स वितरण गरिएको […]

रामेछाप नगरपालिका ७ मा एमालेबाट ध्रुब बस्नेत सर्वसम्मत वडाअध्यक्षको उम्मेद्वार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत टुंग्याइएको छ । आज बसेको एमाले नगर कमिटीको बैठकले ध्रुब बस्नेतलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । वडाध्यक्षका उम्मेद्वार बस्नेत भूतपूर्व नेपाली सेनाका जमदार हुनुहुन्छ । सुकाजोरमा चुनाव जित्ने एमालेको एक मात्र बलियो उम्मेद्वार […]