रामेछापमा ६० प्रतिशत मत खस्यो,आजै रातिदेखी मत गणना गर्ने तयारी

रामेछापमा ६० प्रतिशत मत खस्यो,आजै रातिदेखी मत गणना गर्ने तयारी

रामेछाप जिल्लामा ६० प्रतिशत मतदान भएको छ । विहान ७ बजेदेखी दिउँसो ५ बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप मन्थलीले जानकारी दिएको छ । जिल्लाका ८ वटै पालिकामा करिव ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिनुभयो ।

जिल्लाको ४ वटा स्थानमा बाहेक अन्य सबै ठाउँमा शान्तिपुर्ण रुपमा मतदान भएको उहाँले बताउनुभयो । जिल्लाको सुनापति गाउँपालिका–२ दिमीपोखरी, खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा झडप भएको थियो ।

केहीबरेको झडप र विवादपछि खाँडादेवी गाउँपालिका–१ राकाथुम बाहेक अन्य सबै ठाउँमा मतदान भएको भट्टले जानकारी दिनुभयो । छिट्टै मतपेटिका संकलन भएको खण्डमा सर्बदलिय बैठक बसेर आज रातिदेखी नै मत गणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत भट्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार