विवाद मिलेसँगै रामेछाप नगरपालिकामा मतगणना सुरु

विवाद मिलेसँगै रामेछाप नगरपालिकामा मतगणना सुरु

रामेछाप नगरपालिकामा मतगणना सुरु भएको छ । हिजो भएको मतदानको मतगणना गर्न सर्बदलिय बैठक बसेर मतगणना सुरु गरिएको रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङले जानकारी दिनुभयो । अपरान्ह ४ बजेबाट मतगणना सुरु भएको हो ।

९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ । हिजो वडा नं १ गोठगाउँबाट मतपेटीका ल्याउने क्रममा मतपेटिका बोकेको गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जना सामान्य घाइते भएका थिए ।

दुर्घटना भएको गाडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै नफर्कीएर सुरक्षाकर्मी मात्रै फर्कनुले घटना रहस्यमय र जालझेल रहेको भन्दै राजनीति दलहरूले मतगणना गर्न नदिने अडान लिएपछि मतगणना प्रभावित भएको थियो । साहि कारणले ढिलो गरि मतगणना सुरु भएको छ । वडा नं १ बाट मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार