कुँबुकास्थलीका कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार,दुई जना पक्राउ

कुँबुकास्थलीका कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार,दुई जना पक्राउ

नेपाली कांग्रेस रामेछाप उमाकुण्ड गाउँपालिका ३ कुँबुकास्थलीका वडा अध्यक्षका उम्मेदवार रमेश कुमार सुनुवारमाथि खुकुरी प्रहार भएको छ । राष्ट्रिय प्रजातन्त्र पाट्रि नेपाल र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

वडा अध्यक्षका उम्मेदवार सुनुवारसँगै नेपाली कांग्रेसका कार्यकर्ता शेर ब सुनुवार माथि पनि आक्रमण भएको छ । आक्रमणबाट दुवैजना घाइते भएका छन ।

खुकुरी प्रहार गर्ने पबित्र सुनुवार र प्रदिप श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । पबित्र सुनुवार राप्रपाका वडाअध्यक्षका उम्मेदवार हुन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार