मतपेटिका बोकेको गाडी साँघुटारमा दुर्घटना,प्रहरी र म्यादी प्रहरी घाइते

मतपेटिका बोकेको गाडी साँघुटारमा दुर्घटना,प्रहरी र म्यादी प्रहरी घाइते

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ । रामेछाप नगरपालिका वडा न १ गोठगाउंबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

वडा नं ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप नगरपालिकाका नगर प्रहरी हबल्दार विष्णु ब कार्कीले जानकारी दिनुभयो ।

मत गणनाको लागि मतपेटिका बोकेर आउँदै गरेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छ्न । दुइ जना म्यादी प्रहरी टंक प्रसाद गौतम,मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको बताएको छ । घाइतेको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार