रामेछाप नगरपालिकामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

रामेछाप नगरपालिकामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

रामेछाप नगरपालिकामा हिजो भएको मतदानको मतगणना गर्न अहिले सर्बदलिय बैठक बसिरहेको छ । सर्बदलिय बैठक लगत्तै मतगणना गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ । दिउँसो १ बजेबाट मतगणना सुरु हुने छ ।

९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाको वडा नं १ गोठगाउँमा १४८१,वडा नं २ देउरालीमा १९८५,वडा नं ३ साँघुटारमा १३३९,वडा नं ४ हिमगंगामा २३ सय ४,वडा नं ५ रामपुरमा २१६५,वडा नं ६ ओख्रेनीमा १९६६,वडा नं ७ सुकाजोरमा २१२३,वडा नं ८ रामेछापमा १९८७ र वडा नं ९ ल्याङल्याङमा ९८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार