रामेछाप बजारमा चाडपर्व लक्षित बजार अनुगमन

नजिकिँदो दशैँ तिहार लगायत चाडपर्वलाई लक्षित गरी रामेछापको रामेछाप नगरपालिकाले आज रामेछाप बजारमा अनुगन गरेको छ । नगरपालिकाले रामेछाप बजारमा रहेका किराना पसल,मासु पसल र होटलहरुको अनुगमन गरेको हो । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको नगरपालिकाका राजश्व शाखा प्रमुख हरिभगत श्रेष्ठले बताउनुभयो । चाडपर्वको बेला धेरै कारोबार […]

रामेछाप नगरपालिका–८ मा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु

रामेछापको रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ । वडाको सल्लेमा आज एक कार्यक्रमको आयोजना गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी थापा कार्कीले सल्लेका स्थानियलाई बिमा पत्र प्रदान गर्नुभयो । उपचार खर्चको अभावमा वडाका कुनै पनि नागरीकले ज्यान गुमाउन […]

अब जिल्ला अस्पताल रामेछापमै ब्लड बैँक,रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना भएको छ । संंविधान दिवसको अवसर पारेर आज जिल्ला अस्पतालमै रामेछाप नगरपालिकाको सहयोगमा ब्लड बैँकको स्थापना गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले ब्लड बैँकको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर आफुहरुले जिल्ला […]

सुकाजोरमा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ,सबैको घरघरमै गएर बिमा गरिँदै

रामेछापको रामेछाप नगरपालिका – ७ सुकाजोरले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्दै छ । आईतबार (आज)देखी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुभारम्भ गरिएको हो । वडाको देविथानबाट निशुल्क स्वास्थ्य बिमा गर्न सुरुवात गरिएको हो । वडाअध्यक्ष समिर कार्की,वडासदस्यहरु महेन्द्र मगर,रन्जिता कार्की,राम बहादुर हायु,बिमा सहयोगीकर्ता बिन्दा मगर सहितको टिम देविथानमा पुगेर त्यहाँका नागरीकहरुको स्वास्थ्य बिमा गरिएको […]

रामेछापमा एक वर्षमा ४५ जनाले गरे आत्महत्या

रामेछापम एक वर्षमा ४५ जनाले आत्महत्या गरेका छन । गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षमा रामेछाप जिल्लामा ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । रामेछापमा आर्थिक वर्ष २०७५/०७६ मा ४२ जना, २०७६/०७७ मा ५० जना र २०७७/७८ मा ६५ जनाले आत्महत्या गरेका थिए । मन्थली नगरपालिकामा […]

जिल्ला अस्पताल रामेछापमा ब्लड बैँक स्थापना हुँदै

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको जिल्ला अस्पताल रामेछापका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो । यहि असोज ३ गते संंविधान दिवसको अवसरमा ब्लड बैंक को स्थापना […]

आफ्नो जन्मदिनको अवसरमा पत्रकार कार्कीले गरे रक्तदान

नेपाल पत्रकार माहासंघ काठमाडौ शाखाका सदस्य तथा उपत्यका प्रदेश पार्षद सदस्य मोहन कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर रक्तदान गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको महिला बिभागले डेगुको रोगीहरु बढेर सेतो रगतको कमी भइरहेको बिषयलाई मध्यनजर गरेर रक्तदानको आयोजना गरेको थियो सोही अवसरमा आफ्नो जन्मदिन पनि पर्ने भएको हुनाले कार्यक्रम पूर्व निर्धारित समयमा नै […]

वडाअध्यक्ष कार्कीको पहलमा बिर्ताका ७५ वर्षका श्रेष्ठले पाए नागरिकता

रामेछापको रामेछाप नगरपालिका – ७ बिर्ताका ७५ वर्षका डम्बर बहादुर श्रेष्ठले बल्ल नागरिकताको प्रमाणपत्र पाउने भएका छ्न । वडाअध्यक्ष समिर कार्कीको पहलमा श्रेष्ठले ७५ वर्षको उमेरमा नागरिकता पाउने भएका हुन । सानै देखी बेपत्ता श्रेष्ठ ५० वर्षपछि गाउँ फर्किएका हुन । श्रेष्ठको आफन्त थला परेका वृद्ध दाइ नेत्रमान श्रेष्ठ बाहेक गाउँमा अरु कोहि छैन । […]

१२ जना नेपाली छोरीहरुले जन्माएका आमाहरु कृति बजारमा

नेपाल बाहिर बसोबास गरिरहेका १२ जान नेपाली छोरीहरुले जन्माएका आमाहरु नामको पुस्तकको भदौ २७ गते प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । यस पुस्तकमा आमाहरूको जीवन कथा समेटिएको छ । पुस्तकमा आमाहरुले जीवनमा भोगेका विविध पक्षबारे प्रस्तुत गरिएको छ । पुस्तकमा आमाहरुले देखेका, भोगेका र बाँचेको समाजको कथा व्यथालाई उग्दारित गरिएको छ । बाह्र जना आमाहरुको […]

रामेछाप नगरपालिकाले सार्वजनिक ग¥यो एक सय दिनको उपलब्धि

रामेछापको रामेछाप नगरपालिकाले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए पश्चात् नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बाल कुमारी थापा कार्कीले सय दिनको अवधिमा गरेको उल्लेखनीय कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । गत जेठ ९ गते पदभार ग्रहण गर्नुभएका प्रमुख/उपप्रमुखले बिहिबार नगरपालिकाको हलमा आयोजित बार्षिक […]