रामेछापमा एक वर्षमा ४५ जनाले गरे आत्महत्या

रामेछापमा एक वर्षमा ४५ जनाले गरे आत्महत्या

रामेछापम एक वर्षमा ४५ जनाले आत्महत्या गरेका छन । गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षमा रामेछाप जिल्लामा ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । रामेछापमा आर्थिक वर्ष २०७५/०७६ मा ४२ जना, २०७६/०७७ मा ५० जना र २०७७/७८ मा ६५ जनाले आत्महत्या गरेका थिए ।

मन्थली नगरपालिकामा ८ जना, रामेछाप नगरपालिकामा दुई जना, उमाकुण्ड गाउँपालिकामा १२ जना, लिखुतामाकोसी गाउँपालिका ८ जना, सुनापति गाउँपालिकामा ६ जना, दोरम्बा शैैलुङ गाउँपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा दुई जना बालिका, ३ जना बालक, २१ जना महिला र १९ जना पुरुष रहेका छन् ।

आत्महत्याका घटनाहरुलाई हेर्दा प्रेममा असफलता, गरिबी बेरोजगारी तथा आर्थिक समस्या, शिक्षामा असफलता, मानसिक सन्तुलन, विभिन्न दीर्घ रोगको पीडा, सम्बन्धमा दरार, विभिन्न अपराधका पीडित, विभिन्न अपराधको सामना गर्न नसकेर, कुनै कामका लागि अनावश्यक दबाब, पारिवारिक कलह, सामाजिक अपमान तथा बहिष्कार, मादक पदार्थ र लागू औषधको अद्यावधिक प्रयोग जस्ता कारणहरू देखिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार