१२ जना नेपाली छोरीहरुले जन्माएका आमाहरु कृति बजारमा

१२ जना नेपाली छोरीहरुले जन्माएका आमाहरु कृति बजारमा

नेपाल बाहिर बसोबास गरिरहेका १२ जान नेपाली छोरीहरुले जन्माएका आमाहरु नामको पुस्तकको भदौ २७ गते प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । यस पुस्तकमा आमाहरूको जीवन कथा समेटिएको छ ।

पुस्तकमा आमाहरुले जीवनमा भोगेका विविध पक्षबारे प्रस्तुत गरिएको छ । पुस्तकमा आमाहरुले देखेका, भोगेका र बाँचेको समाजको कथा व्यथालाई उग्दारित गरिएको छ । बाह्र जना आमाहरुको जीवन कथा यस पुस्तकमा समेटिए पनि पुस्तकले अहिले र पहिलेको समयलाई महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको छ ।

यो पुस्तक विद्रोही एंव एकल आमाहरुको कथा भएको लेखक तथा अभियान्ता सन्तोष परियारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु उचित हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन् ।’
छोरीले जन्माएको आमाको बारेमा लेखिएको यस पुस्तक भावनात्मक संवेदन मात्र नभई नारीवादको सत्यतालाई पनि गहिरोसँग उजागर गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताउनुभयो ।

यस पुस्तकमा कल्पना तामाङ, कमला न्यौपाने, उमा शर्मा, मीरा बस्नेत, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी, जानु ओझा, इन्द्र गुरौ, सन्जिता बराइली, निर्मल राई र मोनिका आचार्यको संयुक्त लेखन रहेको छ भने यसलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो ।

अमेरिका बस्दै आउनुभएका १२ जना छोरीहरुद्वारा लिखित पुस्तकमा नेपाली आमाहरुले भोगेका विविध पाटाहरुलाई उद्रित गरिएको छ । यस पुस्तकका लेखिका कल्पना भन्नुहुन्छ् ’नेपाली समाजमा आमाहरुले भोग्नुभएका दुःख, पीडा र मर्मलाई पस्किएको छ । यो पुस्तकले आम आमहरुको भावनालाई कलमका माध्यमबाट केलाउने जमर्को गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार