रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर प्रदान गर्यो सेवा

रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर प्रदान गर्यो सेवा

रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर सेवा प्रदान गरेको छ । गाउँपालिकाले एक हप्ते एकीकृत घुम्ती शिविर सेवा संचालन गरि पालिकाको सेवाहरु वडाबाटै प्रदान गरेको हो । ७ वटै वडामा पुगेर प्रदान गरिएको घुम्ती शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन् ।

भदौ ३० गते वडा नं ७ भुजी देखि सुरु भएको शिविर वडा नं १ गुम्देलमा बुधबार सम्पन्न भएको हो । शिविर मा २४३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । १४० जनाले ज्येष्ठ नागरिकको प्रमाणपत्र,३८ जनाले अपाङ्गता परिचयपत्र लिएको प्रमुख प्रशासकीय दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा ७४ वटा योजना सम्झौता ,यावसायिक दर्ता तर्फ १२६ वटा,नवीकरण २७ वटा र इजाजत पत्र १०८ वटा वितरण गरिएको उहाँले बताउनुभयो ।

पालिकाले सञ्चालन गरेको एक हप्ते एकीकृत घुम्ती शिविरमा पालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ र ईलाका प्रशासन कार्यालय लाप्चानेका प्रशासकीय प्रमुख उदयराज गौतम सहितको टोलीले सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार