रामेछाप नगरपालिका–५ रामपुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

रामेछापको रामेछाप नगरपालिका ५ रामपुरले सामाजिक सुरक्षा भत्ता घरमा नै पुगेर वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि वडामा रहेको सहकारीसँगको सहकार्यमा घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारीसँग सहकार्य गरेर यहि असोज १२ गतेदेखी नागरीकको घरमै […]

रामेछापको सुनारपानीमा आजदेखी वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै छ । आजदेखी सुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुने वडा कार्यालयले जानकारी दिएको छ ।  बडा दशैँको अवसरमा आयोजना गरिएको प्रतियोगितामा पुरुष भलिबल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजारको साथमा शिल्ड,मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद […]

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता सुरु, १० टिम सहभागी

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गरेको हो । आजेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । प्रतियोगितामा महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिमको […]

रामेछापमा दसैको चहलपहल सुरु तर व्यापार सोचेजति नभएको व्यवसायीको गुनासो

रामेछापका बजार तथा गाउँघरमा दसैको चहलपहल सुरु भए पनि व्यापार खासै नभएको व्यवसायीहरूले बताएका छन् । विगतका दुई वर्ष कोरोना कहरले थलिएका व्यावसायी यसपाली बेलैमा दसैको किलमेल सुरु हुने अपेक्षामा थिए । तर यसपाली पनि खासै किनमेल र आर्थिक गतिविधी नहुने चिन्ताले रामेछाप बजारका व्यवसायी चिन्तित छन् । एकातिर दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ […]

असोज १३ गतेदेखी “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुँदै

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुने भएको छ । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । असोज १३ गतेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिम सहभागी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेलकुद संयोजक मनिष […]

रामेछाप नगरपालिका–६ ओख्रेनीमा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता विरतण गरेको छ । वडाले मंगलबार(हिजो)देखी घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो । दशैँतिहार चाडपर्व लक्षित गर्दै वडाले जेष्ठ नागरिक,अपाङ लगायत भत्ता पाउँदै आएका नागरीकहरुको सहजताका लागि घरघरमै सामाजिक सुुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको वडाअध्यक्ष राजेश तामाङले जानकारी […]

सबैको मन जितेर बिदाई भए रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लामगादे

रामेछापको रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामेछाप नगरपालिकाबाट सरुवा हुनुभएको छ । दुई वर्ष अघि रामेछाप नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका रामचन्द्र लामगादे लमजुङको मध्यनेपाल नगरपालिकामा सरुवा हुनुभएको हो । आईतबार(आज) रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत लामगादेलाई फेरि भेटौँला भन्दै विदाई गरेको हो । दुई वर्षभन्दा बढी समय प्रमुख […]

रामेछापमा जातीय भेदभाव र शरीर बन्धक मुद्दामा साढे चार वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना

रामेछापमा दही चोरेको निहुँमा १२ वर्षीय बालिकालाई २१ घन्टासम्म शरीर बन्धक गरेको मुद्दामा साढे चार वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना भएको छ । जिल्ला अदालत रामेछापले घरभित्र पसेर दुई डाडू दही चोरेर खाएको निहुँमा १२ वर्षीया बालिकालाई जातीय विभेद गरी २१ घण्टासम्म शरीर बन्धक गरेको मुद्दामा जातीय भेदभाव र शरीर बन्धकतर्फ […]

यात्रुको गुनासो सुन्न मन्थलीको देवकोटा चोकमा यात्रु सहायता कक्ष

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । रामेछाप सदरमुकाम मन्थलीमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । मन्थलीको देवकोटा चोकमा यात्रुहरुको गुनासो सुन्न यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष […]

रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर प्रदान गर्यो सेवा

रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर सेवा प्रदान गरेको छ । गाउँपालिकाले एक हप्ते एकीकृत घुम्ती शिविर सेवा संचालन गरि पालिकाको सेवाहरु वडाबाटै प्रदान गरेको हो । ७ वटै वडामा पुगेर प्रदान गरिएको घुम्ती शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन् । भदौ ३० गते वडा नं ७ भुजी देखि सुरु भएको शिविर वडा […]