रामेछाप नगरपालिका–८ मा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु

रामेछाप नगरपालिका–८ मा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु

रामेछापको रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ । वडाको सल्लेमा आज एक कार्यक्रमको आयोजना गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी थापा कार्कीले सल्लेका स्थानियलाई बिमा पत्र प्रदान गर्नुभयो । उपचार खर्चको अभावमा वडाका कुनै पनि नागरीकले ज्यान गुमाउन नपरोस भनेर वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमको सुरुवात गरिएको वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।

वडाले नागरीकहरुको निशुल्क स्वास्थ्य बिमासँगै हरेक दिन नागरीकहरुलाई बचत गर्ने बानी बासाल्न प्रत्येक परिवारलाई एक÷एक वटा खुत्रुके पनि प्रदान गरेको छ । बिमा गरेको पहिलो वर्षको नविकरण शुल्क वडाले व्यहोर्ने भएपनि त्यसभन्दा पछिल्ला वर्षहरुमा नागरीकले हेरक दिन १० रुपैयाँ मात्रै जम्मा गर्दा पनि नविकरण गर्न पुग्ने उद्धेश्यले खुत्रुके पनि प्रदान गरिएको वडाअध्यक्ष तामाङले बताउनुभयो ।

वडाले हरेक परिवारको ५ जनाको स्वास्थ्य बिमा निशुल्क गरिदिने छ । रामेछाप नगरपालिका – ७ सुकाजोरले पनि हिजोदेखी वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार